तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न।

Date:

Share post:

तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित तमुहरुको महान पर्व माङी त्हें/माघे संक्रान्तीको अवसरमा यहि २०२० जनवरी २४ तारिख शुक्रबार युएईको दुबई स्थित मुश्रीफ पार्क दुबईमा रिं चमीं स्योकै पिबा चेलिबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ।

तमु प्ये ल्हु संघ युएईका अध्यक्ष भिम लम तमु सबिनयको अध्यक्षतामा सम्पन्न भएको चेलीबेटी भोज कार्यक्रममा प्रमुख अतिथि तमु प्ये ल्हु संघ युएईका महिला प्रमुख टिक माया ल्हो तमुस्यो रहेको थियो । विशेष अतिथिहरुमा तमु प्यें ल्हु संघ युएईका संरक्षक टक लम तमु , प्रमुख सल्लाहकार सन्तोष कुब्छै तमु,वरिष्ठ सल्लाहकार मुक्ति टु क्ल्हेप्री तमु ,पुर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार ओम प्हज्यु तमु र तमु समाज युएईका अध्यक्ष उषा कोन्मै तमुस्यो रहेको थियो ।त्यसै गरि अतिथिहरुमा संघका सल्लाहकारहरु लिली ल्हेगे तमुस्यो,कालीमाया क्रोम्छे तमुस्यो, भाबी कुमारी टु क्ल्हेप्री तमुस्यो,मिलन पह्च्यु तमु,तिलक टु क्ल्हेप्री तमु ,टेक चम्ह्रु तमु,लाल सुब्बा थिमे तमु, लमजुङ समाज युएईका अध्यक्ष महेश पराजुली,कास्की आदर्श सेवा समाज युएईका अध्यक्ष केदार कुँवर,लमजुङ समाज युएईका संरक्षक अर्जुन बहादुर गौली,लमजुङ समाज युएईका सल्लाहकार विष्णुलाल श्रेष्ठ र तमु समाज युएईका संरक्षक राजु तमु रहेको थियो ।

असानग्राहण संगसंगै कार्यक्रम उद्घाटन भएको थियो । चेलीबेटी भोज कार्यक्रमको उद्घाटन कार्यक्रम पश्चात् स्वागत मन्तब्य संघका वरिष्ठ सल्लाहकार मुक्ति टु-क्ल्हेप्रे तमुले दिएका थिए भने साँस्कृतिक विभागको तर्फबाट स्वागत स्वरुप साँस्कृतिक प्रमुख ओम लेम तमु र चर्चित नृत्यकार रिना ल्हेंगे तमुस्योले जोडदार नृत्य प्रस्तुत गरेर कार्यक्रम लाई अगाडि बढाएको थियो ।

भोज कार्यक्रमको शुरूवातमा तमु प्ये ल्हु संघ युएईमा आबद्द माईतिहरु तर्फबाट आफ्नो तमु चेलिहरुलाई कोसेलीको रुपमा माना चामल सहित सुकुटी,नुन,तेल,बेसार,खुर्सानी दिएको थियो ।त्यसैगरी चेलीबेटीहरुको तर्फबाट पनि माईतिहरु लाई सेलरोटी,पेय पदर्थ,रक्सी ,फलफूल र विभिन्न परिकारहरुको कोसेली साटासाट गरेको थियो भने बिगत लामो समयदेखी तमु प्ये ल्हु संघ युएई संग सहकार्य गर्दै आएका तमु समाज युएई र स्याङ्जाली चेलिहरुको तर्फबाट पनि तमु प्यें ल्हुं संघ युएई लाई कोसेली (रोमै) स्वरुप सेलरोटी,रक्सी,पेय पदर्थ ,फलफूलका साथमा माया साटासाट गरेको थियो।

उक्त कार्यक्रम संचालन देव क्रोम्छै तमुले गरेका थिए भने कार्यक्रमलाई अगाडि बढाउँदै कार्यक्रम लाई भव्यरुपमा सफल पार्न विशेष भुमिका निभाएका कास्की आदर्श सेवा समाज युएईका दुबई क्षेत्रीय अध्यक्ष शिव कुमार श्रेष्ठ, समाजका महासचिब शिबराज बस्ताकोटी र महिला समितिका अध्यक्ष मनु क्रोम्छे तमु श्रेष्ठ लाई क्रमु क्रेगी(पछ्यौरा/फेटा) ओढाई सम्मान पत्रको साथमा मायाको चिनो प्रदान गरेको थियो । त्यसैगरी ल्होसार बर्ष विशेष सम्मानमा तमु प्ये ल्हु संघ युएईका साँस्कृतिक प्रमुख ओम लेम तमु र कलाकार रिना ल्हेंगे तमुस्यो लाई क्रमु क्रेगि पछ्यौरा/फेटा) ओढाएर मायाको चिनोको साथमा सम्मान पत्र प्रदान गरेको थियो भने सम्मान गर्ने क्रममा तमु च्यु ल्होसार साँस्कृतिक कार्यक्रमलाई सफल बनाउनको निमित्त आर्थिक,नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने प्रायोजक,स्वंयम सेवक र कलाकारहरुलाई सम्मान पत्रले सम्मान गरेको थियो।

उक्त कार्यक्रममा संघमा आबद्द भएका संस्थापक अध्यक्ष,प्रमुख संरक्षक,संरक्षक,सल्लाहकार तथा सदस्यहरु १९ जना लाई अजिवन सदस्यता पत्रसहितको सम्मान पत्र पनि बितरण गरेको थियो । भोज कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो भने ६० जना तमु चेलिहरु लाई क्रमु (पछ्यौरा) ओढाई सम्मान गरेको थियोे ।

कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष भिम लम तमु सबिनयले चेलीबेटी भोजमा सहभागिता सबै लाई धन्यवाद दिदै कार्यक्रमलाई सफल र सहज बनाउनको लागी दुबईको रसिदिया मेट्रो स्टेसनदेखी कार्यक्रम स्थलसम्म यातायातको व्यवस्था गरिएको र व्यक्तिगत रुपमा सवारी साधनको लागी सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई हार्दिक आभार प्रकट गर्दै भोज कार्यक्रममा करिब २५० दिराम बराबरको तरकारीको स्पोन्सर गर्नुहुने तमु समाज युएईका कोषाध्यक्ष बल बहादुर तमु र प्रचारप्रसारमा सहयोग गर्नुहुने खेगि प्रमुख यम मोब्छै तमु लाई विशेष धन्यवाद दिदै औपचारिक कार्यक्रम समापन गरेको थियो ।औपचारिक कार्यक्रम समापन पश्चात् भोज कार्यक्रम र सांस्कृतिक कार्यक्रम शुरूवात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...