तमु समाज युएईले गायक मनोज गुरुङ र बुगि उगिका बिजेता कविता नेपालीको साथ तमु च्यु ल्होसार आउदो जनवरी १० मा मनाउने।

Date:

Share post:

तमुहरु (गुरुङ) को मौलिक आफ्नो भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति, पराम्परा र पहिचान लाई संरक्षण,सम्बर्द्धन,प्रबर्द्धन र बिकासको मुख्य उद्देश्यका साथ प्रवास युएईमा स्थापित तमु समाज युएईले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु च्यु (मुसा वर्ग) ल्होसारको सुखद अवसरमा आगामी २०२० जनवरी १० तारिख शुक्रबार अबुधाबी मलयलम समाजम क्लब मुसाफा (K.M.Treading पछाडी ),अबुधाबी युएईमा भव्यताका साथ तमु च्यु ल्होसार (मुसा बर्ग) मनाउने भएको छ।

उक्त तमु च्यु ल्होसार (मुसा वर्ग) बिशेष सांस्कृतिक कार्यक्रम लाई भव्य र सभ्य रुपमा मनाउनको लागि नेपाल बाट आमन्त्रित अतिथि कलाकारको रुपमा नेपालका बहुचर्चित ख्यातिप्राप्त गण्डकी तारा – २०६५ , गुरुङ चलचित्रका नायक,निर्देशक तथा सुमधुर स्वरका धनी लोकप्रिय गायक मनोज गुरुङ र चर्चित सो बुगि उगिका बिजेता (Boogie woogie winner ) ,मोडेल तथा नृत्यकार कविता नेपाली युएई आउने भएको छ।कार्यक्रममा आमन्त्रित अतिथि कलाकार गायक मनोज गुरुङको बिशेष सांगीतिक प्रस्तुती रहने भएको छ भने बुगि उगिका बिजेता , मोडेल तथा नृत्यकार कविता नेपालीको जोडदार धमाका सहित स्थानिय पचर्चित नेपाली कलाकारहरुको बेजोड मनोरञ्जनात्मक प्रस्तुती रहने भएको छ।

उक्त तमु च्यु ल्होसार बृहत सांस्कृतिक कार्यक्रम लाई ऐतिहासिक भव्य र सभ्य रुपमा सु-सम्पन्न र सफल बनाउनको लागी प्रवास युएईमा स्थापित सम्पूर्ण प्रवासी संघ संस्थाका प्रमुख , प्रतिनिधि , व्यवसायी , समाजसेवी , पत्रकार , बुद्धिजीवी महानुभाव , शुभचिन्तक , नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई तमु च्यु ल्होसार (मृग वर्ग) बृहत सांस्कृतिक कार्यक्रममा गरिमामय उपस्थितिको लागि तमु समाज युएईका उपाध्यक्ष तथा तमु च्यु ल्होसार कार्यक्रम संयोजक नन्द जंग गुरुङले हार्दिक निमन्त्रणा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...