तमू धीं युकेद्वारा जिफान र तमु कलाकार संघ गण्डकीलाई २ लाख ५० हजार आर्थिक सहयोग।

Date:

Share post:

हुम गुरुङ / पोखरा, २७ असार- बिस वर्ष अघि युकेमा स्थापित तमु धिं युकेले गुरुङ फिल्म एशोसिएसन(जिफान) र तमु कलाकार संघ गण्डकीलाई २ लाख ५० हजार सहयोग गरेको छ।कोभिड १९ कोरोना भाइरस महामारीका कारण लामो लकडाउनले समस्यामा परेका चलचित्रकर्मी एवम तमु कलाकारहरु राहत सहयोग स्वरुप आज पोखरा ९ नयाँ बजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा रकम हस्तान्तरण गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सदस्य मनबहादुर गुरुङ, तमु धिं युके तथा एनआरएन युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, तमु धिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती गुरुङले जिफानका अध्यक्ष भोजबहादुर गुरुङलाई १ लाख ५० हजार र तमु कलाकार संघ गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङलाई १ लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ। यस भन्दा अघि नै तमु धिं युकेले कोरोना राहत सहयोग १३ लाख ३६ हजार नेपालमा हस्तान्तरण र वितरण गरिए पनि जिफान र तमु कलाकार संघ गण्डकीबाट सहयोगको लागि आग्रह पश्चात तमु धिं युकेको कोरोना राहत सहयोग निरन्तरको नामले दोश्रो चरणको सहयोग प्रदान गरेको तमु धिं युकेको संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सांसद मनबहादुर गुरुङले दु:खको होस वा अरु बेलामा नै किन नहोस निरन्तर सहयोग गरि रहने तमु धिं युकेलाई धेरै धेरै धन्यवाद व्यक्त गरेका थिए।तमुहरु लगायत नेपालको हरेक क्षेत्रमा सहयोग गर्ने तमु धिं युकेको दुख सुखमा साथ प्राप्त भएकाले तमुहरु अरु सबैसँग हरेक क्षेत्रमा प्रतिष्पर्धी गर्न सक्ने बन्नुपर्नेमा जोड दिन अनुरोध गरेका थिए ।

तमु धिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती गुरुङले सहयोगी तमु धिं युकेलाई धन्यवाद व्यक्त गर्दै तमुहरुको समस्यामा, उन्नति र प्रगतिका लागि तमु अगुवाहरुले विशेष ध्यान दिन आग्रह गरेकी थिइन् ।कार्यक्रमको संचालन तमु धिं युकेका नेपाल संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले तमु धिं युकेको स्थापना, विगतदेखि गर्दै आएको गतिविधि र योगदानको बारेमा जानकारी गराउदै तमु र लाहुरेहरु एकताबद्ध भई उत्पादनमुखी कार्यमा लाग्न सके पोखरामा तमुहरुको शान अभिबृद्धि हुने बताएका थिए भने महिनामा ३ अर्ब रुपैया पेन्सन स्वरुप पुर्व सैनिकले प्राप्त गर्ने र एक महिनाको पेन्सन मात्रै वार्षिक रुपमा उत्पादनमा लगाउन सके उदाहरणीय कार्यहरु हुने दावी समेत गरेका थिए।

उक्त कार्यक्रमका प्रमुख अतिथि सांसद मनबहादुर गुरुङले तमु धिं युकेको राहत सहयोग हस्तान्तरण तथा वितरणमा अभिभावकत्व प्रदान गरेको भन्दै सम्मान गरिएको थियो भने तमु कलाकार संघ गण्डकी समितिका तर्फबाट अध्यक्ष सुरेन्द्र गुरुङले तमु धिं युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, नेपाल प्रतिनीधि मेजर लक्ष्मीप्रसाद गुरुङ सहित तमु धिं युके चन्द्रबहादुर गुरुङ, भोजबहादुर गुरुङ, लालकाजी गुरुङ लगायतलाई खादा लगाएर स्वागत सम्मान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...