21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

तराईमा छठ पर्वको रौनक सुरु

क्रान्ति शाह
birgunj-chhath_20211107025558वीरगन्ज : तिहार सकिए लगत्तै तराई मधेसमा छठ पर्वको तयारी पनि सुरु भइसकेको छ। तराई मधेसका बजारहरुमा अहिले छठ पूजा र पर्वका लागि चाहिने पुजन सामाग्री, बासका सामाग्री, माटाका भाडा, फलफूल, खाद्य सामग्री, नयाँ लुगाकपडा पसलहरुमा ग्राहकहरुको भीडभाड बढेको छ। दीपावली सकिए लगत्तै चार दिनपछि नै छठ सुरु हुने हुँदा बजारमा छठ पूजामा प्रयोग हुने पुजन सामाग्री बाँसको चोयाबाट बनाइएका छैठा (टोकरी), नाङलो र सुपली, माटोको कलश, ढकनी, कोशी दियो, फलफूल, तेल, मशाला जस्ता खाद्यान्नहरुको पसलमा अहिलेदेखि नै ग्राहकहरुको भीडभाड देखिएको छ।

वीरगन्जको घण्टाघर चोकस्थित सडक छेउमै छठमा प्रयोग हुने बाँसको चोयाबाट बनाइएका सामाग्रीका पसलहरु थापिएका छन्। यस्तै विपी एदान परिसर बाहिर माटाका सामाग्रीहरुका करिब चार दर्जनको संख्यामा पसलहरु थापिएका छन् ।

‘छठको तीन÷चार दिन पहिले नै सबै सामानको जोरजाम गरिसक्नु पर्छ’, शनिवार वीरगन्जको घण्टाघर चोकमा छठका लागि बाँसको चोयबाट बनाइएको छैठा किन्दै गरेकी जगरनाथपुरकी कुसुम देवीले भनिन्, ‘तीन÷चार दिन पहिले किन्दा केही सस्तो पनि पर्छ।’

मधेसको सबै भन्दा ठूलो पर्व छठमा नयाँ लुगाकपडा लगाउनु पर्ने चलन रहेकाले वीरगन्जका कपडा पसलहरुमा पनि ग्राहकहरुको घुइँचो लागेको छ।

छठ पर्व सोमबारदेखि विधिवत रुपमा सुरु हुने भएपनि बजारमा किनमेल गर्नेहरुको शनिवारदेखि नै चहलपहल बढेको व्यपारीहरुले पनि बताएका छन्।

भोजपुरी भाषा र संस्कृतिविद् उमाशंकर द्विवेदीले पनि तराई मधेसमा छठपूजा मनाउनेहरुले दीपावली बितेसँगै छठ पूजाको किनमेल गर्ने गरेको बताए।

‘लक्ष्मीपूजाको ठिक चार दिन पछि नै छठ पूजा विधिवत रुपमा सुरु हुन्छ, दिपावली सकिए लगत्तै छठका लागि घरमा अरु कामहरु पनि थुप्रै हुन्छन्’, उनले भने, ‘त्यसैले छठको दुई÷तीन दिन पहिलादेखि नै बजारमा किनमेल सुरु हुन्छ।’

यस्तै छठ पूजा लागि अहिले पोखरी, नदी लगायतका जलाशयमा सरसफाइ गर्दै छठघाट बनाउने तयारी तीव्र रुपमा भइरहेको छ। लाखौँ रकम खर्चेर जलाशयमा सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम भइरहेको छ। वीरगन्जको घडीअर्वा, रानीघाट, मुर्ली, छपकैया, रामगढवा, बहुअरी, नगवा, पिपरा, भिस्वा लगायतका पोखरी छेउमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष सजावट गर्न थालिएको छ।

अघिल्लो साल कोरोना महामारीका कारण तामझामका साथ छठ पर्व मनाउन नसकिएका कारण यसपाली वीरगन्जका पोखरी र नदीको छेउमा विशेष सजवाट गरेर छठघाट तयार पारिँदैछ।(अन्नपूर्ण )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles