26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

ताप्लेजुङकी देविमाया लिम्बुको उपचारको क्रममा कुवेतमा निधन

- Advertisement -

दिलकुमार पाख्रीन/०८ मार्च, कुवेत। विगत झन्डै ३ बर्षदेखी कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत ०८९८७७११ नं राहदानी वाहक साँघु-९ ताप्लेजुङकी ४४ बर्षिय देविमाया लिम्बुको गत शनिबार ०६ मार्चका राती कुवेतको फर्वानिया हस्पिटलमा उपचारको क्रममा निधन भएको छ। उनी कुवेतमा अवैधानिक हैसियतले बसोबास गरिरहेकी थिइन। उनको खुट्टा सुन्निने, खोकी लागिरहने खकारमा रगत देखिने समस्याले गर्दा नेपाली दूतावासको सहयोगमा नेपाल फर्किने क्रममा पुलिस चौकी हुँदै डिपोर्टेशन सेन्टर पुगिसकेकी थिइन। डिपोर्टेशन सेन्टरमा उनी अचानक सिकिस्त बिरामी भएपछि उनलाइ कुवेत पुलिसले नै फर्वानिया हस्पिटलमा उपचारका लागि पुर्‍याइएको थियो।
यस बिसयमा नेपाली दूतावास संग कुरा गर्दा निधन भएको र कोरोना नभएको पुष्टि भैसकेको भए पनि हस्पिटलबाट पोस्टमार्टमको रिपोर्ट आइपुगी नसकेको जानकारी प्राप्त भएको छ। आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली दूतावास बन्द रहेता पनि मृतकको स्पोनसर संग कुरा भैरहेको र भोलि नै एम्बेस्सीबाट उनको शव नेपाल पठाउनको लागि आवस्यक प्रक्रिया सुरु गर्ने दूतावास स्रोतले जनाएको छ।
कुवेतमा २०१५ पश्चात् घरेलु कामदारको रुपमा नेपाली कामदार पठाउन नेपाल सरकारले इजाजत नदिइए पनि भारत, श्रीलंका तथा बाङ्लादेश लगाएत अन्य देशको घुमौरो बाटोबाट म्यानपावर एजेन्टहरुले कुवेतमा घरेलु कामदार सप्लाइ गरिरहेका छन। देविमाया लिम्बू पनि भारत हुँदै कुवेत आइपुगेको बुझिन्छ। यसरी अन्य देश हुँदै आउने कामदारले श्रम स्वीकृति तथा जीवन विमा गराएको हुँदैनन। श्रम स्वीकृति तथा जीवन विमा नगरी कुवेत आएका कामदार माथी यस्तै घटना घटदा नेपाल सरकार तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा शब अलपत्र पर्ने गरेको छ।
(आर डि क्रिएशन अनलाइन)

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles