“तामाङ समाज युएईको शान,तामाङ संस्कृति तामाङ पहिचान ” भन्ने मुल नाराको साथ तामाङ समाज युएईले यहि आउदो ३१ जनवरी २०२० शुक्रवार युएईको दुबई स्थित कार्लटन टावर होटेल देरा दुबईमा तामाङहरुको सांस्कृतिक चाड सोनाम ल्होछार २८५६ जिवा ल्हो (मुसा वर्ग) को अवसरमा सेलो बिशेष ल्होछार सांझ – २०२० सांस्कृतिक कार्यक्रम भव्यरुपमा मनाउने भएको छ।
तामाङ जातिको भाषा, धर्म,संस्कृति ,भेषभुषाको संरक्षण र सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यका साथ मनाउन लागेको कार्यक्रममा नेपाल बाट अतिथि कलाकारको रुपमा बहुचर्चित वरिष्ठ गायिका इन्दिरा गोले युएई आउने भएको छ ।
युएई स्थित दुबईको कार्ल्टन टावर देरा दुबईमा दिउँसो ठिक १ बजे देखी शुरु हुने कार्यक्रममामा नेपाल बाट आमन्त्रित अतिथि कलाकार वरिष्ठ गायिका इन्दिरा गोलेको बिशेष सांगीतिक प्रस्तुति रहने भएको छ भने रोजगारीको शिलशिलामा युएईमा रहेका चर्चित ख्यातिप्राप्त कलाकारहरु सन्दिप ग्याबा तामाङ , विजय थोकर तामाङ,सुब्बा बल,नवीन दोङ तामाङ, अन्जुली लोप्चन, राजेश लामा,हरि मोक्तान, संजिता मोक्तान, गेलु शेर्पा,ओसिन तामाङ, सोनाम ब्लोन तामाङ लगायत चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी गराएका छन् ।
उक्त कार्यक्रम लाई भव्य र सभ्य पार्नको लागि युएईमा स्थापित सम्पुर्ण संघ,संस्थाका प्रमुख,प्रतिनिधि,बुद्धिजीवी,व्यवसायी समाजसेवी,पत्रकार ,सम्पुर्ण तामाङ तथा गैर तामाङ दाजुभाइ तथा दिदिबहिनी लाई गरिमामय उपस्थितिको लागी तामाङ समाज युएईले निमन्त्रणा गरेको छ।