तीनवटा किराती संस्थाहरुले एकैसाथ उधौली चाड भब्यताका साथ मनाए (फोटो सहित)

Date:

Share post:

कुबेत नेपाल/ डिसेम्बर १४ कुवेत। “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ हिजो कुवेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा कुवेतमा कृयाशिल तीनवटा किराती संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले संयुक्तरुपमा उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार मौलिक झँकिकासाथ धुम धामको साथ मनाए।

किरात याक्थुम चुम्लुङ कुवेतको अध्यक्ष देबी लिम्बुका सभापतित्व र नेपाली राजदूतावासका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुखको आतिथ्यतामा सम्पन्न कार्यक्रमा संचालन रोशन राई र टिकाराम दुर्विच सुनुवार,मन्जु लवतीले संयुक्त रुपमा संचालन गरेको थिए। भने कार्यक्रम संयोजक असोक लिम्बुले स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेको थियो ।उधौली,चासोक तङ्नाम र रापवा श्यादर पीदारको बारेमा किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राई,सुनुवार सेवा समाज कुवेत साखाका अध्यक्ष लाल बहादुर सुनुवार,किराँत याक्थुङ चुम्लुङ कुवेतको तर्फबाट नरेन्द्र लिम्बुले प्रष्ट पारेका थिए।

कार्यक्रमको सभापती प्रमुख अतिथि ,बिशिष्ट अतिथि अतिथिहरुले सामुहिक रुपमा दिप प्रज्लन गरी उद्दघाटन गरियको थियो भने नेपाली राष्ट्रिय गीतबाट कार्यक्रमलाई मुर्तरुप दिइएको थियो ।फर्वानिया स्थित अडिटोरियम हलमा आयोजित कार्यक्रमको लागी कुवेतमा कृयाशिल संघ संस्थाका,प्रतिनिधी पत्रकार,कलाकार,खेलाडी,बुद्धिजिवी, समाजसेवी तथा सम्पूर्ण कुवेतवासी किरात गैर किरात दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

भुमि पुजक किराती समुदायले खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई मंसिर शुक्ल पुर्णिमामा याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । किरात भित्रका विभिन्न जातजातिले यो चाड लाई फरक फरक नाम दिए पनि समग्रमा साकेला उधौलीका नामले चिनिने गर्दछ।

परम्परागत भेषभुषा लगाएर किराँत दाजुभाई तथा दिदि-बहिनीहरूले पारम्परीक परम्परागत बाजागाजाहरु एवं किराती संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाको साथ’साकेला’ नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच, सांगातिक प्रस्तुतिहरु लगायतका अन्य तीनवटा किराती संस्थाका कलाकारहरु सबिन दुमि राई,मन्जु लावती, याम बि सावा, माया राई,तुलसी सुनुवार राजकुमार राई ज्यान्ट्ल लिम्बु ले आ आफ्नो प्रस्तुतिहरु प्रस्तु गरिएका थिए। भने कार्यक्रममा प्रस्तु गर्नु हुने कलाकारहरुलाई सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीले उधौलीको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन पर्देशको ठाँउमा लागि परेको भन्दै आउदो दिनहरुमा पनि यसरी नै निरन्तर दिनमा जोड़ दिदै आयोजक तीन किराती संस्थाहरुलाई शुभकामना सहित धन्यवाद दिएका थिए। यसैगरी शुभकामना मन्तब्या दिने क्रममा गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसी, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग,माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब अध्यक्ष ईन्द्र पोखरेल,तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङ, नेपाल तामाङ घेदुङ कुवेतका सदस्य केसर घलान, तमु प्ये ल्हु संघ कुवेत शाखा को अध्यक्ष उमा गुरुङ, मगर संघ कुवेतकोउपाध्यक्ष बसन्त थापा मगर,समाजसेबी मधाब शर्मा लगयतले उधौलीको शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको समापन गर्दै सभापति देबी लिम्बुले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी हातहरु, नेपाली राजदुताबास, कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई सबैलाई विशेष धन्यवाद दिएका थिए।

अन्तम कार्यक्रममा उपस्थित पाहुनाहरुलाई नेपाली परिकारको भोजन को ब्याबस्था गरिएको थियो।कार्यक्रमलाई अतिनै भब्य र सब्य बनाउनको लागि आफनो पहिचान मौलिकता झल्काउने खालको गीत नृत्यहरु प्रस्तु गरि झनै सुगन्ध भर्ने काम साँस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले कार्यक्रम लाई थप मनोरञ्जनात्मक बनाएको थियो।

1 COMMENT

  1. हार्दिक धन्यवाद दिन चाहान्छौ, kuwaitnepal.com लाई, समचार सम्प्रेषण गरि लाखौ दर्सक माझ पुर्याइ एउटा राम्रो सन्देसको अबसर मिलाइ दिनु भएकोमा,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...