23.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

तुइन प्रकरण : छानबीन समितिको टोली घटनास्थल जाँदै

सुन्दरसिंह धामी
दार्चुला : जयसिंह धामी बेपत्ता भएको घटनाको छानबीन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनको लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ। मन्त्रालयका सहसचिव एवं छानबीन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली बिहीबार बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो। जयसिंह धामी बेपत्ता प्रकरणमा सुक्ष्म ढंगले अध्ययन गरेरै प्रतिवेदन आउने बताएका गौतमले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थित ल्याउने जनाएको छ। यस्तै समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ। गत साउन १५ गते व्यास गाउँपालिका २ का मालका जयसिंह धामी सदरमुकाम खलंगामा महाकालीमा बेपत्ता भएका थिए। भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिदा घट्ना घटेको समाचार आएसँगै घट्नाबारे अध्ययन गर्न छानबीन समिति दार्चुला पुगेको हो। बेपत्ता धामी अझै फेला परेका छैनन्।

टोलीलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ। समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन्।(अन्नपूर्ण )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles