त्रिशुली समाज युएईले मन्जुश्री संवत् २८५६ (जिवा/ नाम्युङ ल्हो) मुसा वर्ग “सोनाम ल्होछार ” भव्यरुपमा मनायो।

Date:

Share post:

“हाम्रो कला संस्कृति हाम्रो पहिचान, तामाङ संस्कृतिलाई माया गरौं” भन्ने मुल नाराका साथ त्रिशुली समाज युएई द्वारा आयोजित मञ्जुश्री संवत् २८५६ औं (जीवा/ नाम्युङ ल्हो) ‘मुसा वर्गको अवसरमा सोनाम ल्होछार कार्यक्रम यहि २०२० जनवरी २४ तारिख शुक्रबार युएईको आबुधावी स्थित मलयाली समाजम सभाहल (KM trading पछाडी ) मुसाफामा भव्यरुपमा सम्पन्न भएको छ।

त्रिशुली समाज युएईका अध्यक्ष सम्पर तामाङको सभापतित्वमा सम्पन्न भएको सोनाम ल्होछार कार्यक्रममा प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाल रहेको थियो । त्यसैगरी बिशेष अतिथिमा काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामा , अतिथिहरु लि:ल फङ् (घले समाज) युएईका संरक्षक नर बहादुर घले , प्रबासी बचत तथा ऋण सहाकारी संस्था युएईका अध्यक्ष उर्मिला घले, मेन्दोमाया गायक लेक योन्जन ,म्हेन्दो माया सेलो गीत रचनाकार कर्ण तामाङ , तामाङ समाज युएईका उपाध्यक्ष ,ITC गल्फ तथा मध्यपुर्बी क्षेत्रीय समिती तथा नेफिन युएईका निवर्तमान वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ ,नेवा:पुच: युएईका अबुधाबी कमिटीका अध्यक्ष एवं केन्द्रिय सदस्य सुनिल मान श्रेष्ठ ,नेपाली चुलो रेस्टुरेन्ट संचालक भिम नारायण श्रेष्ठ , नमस्ते ट्राभल अबुधाबीका अशोक बानिया , लाईफ लाइन हस्पिटलका रजिना गुरुङ , सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष मनोज नेपाल, नुवाकोट सेवा समाज युएईका अध्यक्ष बासु देब ढुंगाना ,त्रिशुली समाज युएईका संरक्षण संयोजक भूतपूर्व अध्यक्ष अमृत तामाङ ,पुर्व उपाध्यक्ष हरिमान तामाङ, लगायत युएईमा क्रियाशील संघ संस्थाका प्रमुख, प्रतिनिधि , पत्रकार ,पिटि अनलाइन न्युज पुर्ण तामाङ, सैलुन अअनलाइन सन्जिता तामाङ , मेरो अन्लाईन टिभि प्रस्तित मगर रहेको थियो ।

कार्यक्रमको शुरूवातमा कार्यक्रमका सभापति ,प्रमुख अतिथि ,बिशेष अतिथि र अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरि नेपाली राष्ट्रिय धुन संगै कार्यक्रमको उद्घाटन भएको थियो ।
औपचारिक कार्यक्रम अञ्जुली लोप्चान र लोकेन्द्र तामङले संचालन गरेका थिए भने स्वागत मन्तव्य त्रिशुली समाज युएईका कोषाध्यक्ष लोकेन्द्र तामाङ्गले राखेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य कार्यक्रमका प्रमुख अतिथि गोविन्द ढकालले राखेका थिए । मन्तव्य राख्दै ढकालले युएईमा नेपाल सरकारको रेकर्ड अनुसार दुई लाख भन्दा बढि नेपाली कामदारहरु रहेको र युएई सरकारको नियम कानुनलाई बेवास्ता गर्दा २०१९ मा मात्र ३८ जना जोडीहरु लाई युएई बाट निकालेको घटनालाई स्मरण गराउदै युएई सरकारले राखेको नियम कानुन लाई पालना गर्नको लागि सम्पुर्ण लाई आह्वान समेत गरेका थिए भने प्रबासमा रहेर विभिन्न कामको व्यस्तताको बावजूद पनि आफ्नो कला संस्कृतिलाई संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यका साथ बृहत सोनाम ल्होछार कार्यक्रम गर्न सफल भएको भन्दै धन्यवाद ब्यक्त गरेका थिए |

त्यसैगरी शुभकामना मन्तव्य दिने क्रममा काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल वाइबा तामाङले विश्वभरी छरिएर बसेका तामाङहरुले व्यापक रुपमा ल्होछार मनाउँदै आएको र तामाङ जाति कला तथा संस्कृतिक क्षेत्रमा निकै अगाडी रहेको बताउदै राजनीतिक क्षेत्रमा जबसम्म लाग्दैन तब सम्म आफ्नो अधिकारहरू प्राप्त गर्न र सुनिश्चित गर्न नसक्ने भएकाले राजनीतिक चेतना हुनुपर्ने र लोकतान्त्रिक गणतन्त्र ल्याउन तामाङहरुको ठुलो योगदान रहेको बताएका थिए।सबै जातजातिहरु सँग हातमा हात काँधमा काँध मिलाएर राजनीतिक क्षेत्रमा पनि अघि बढ्न लामाले आह्वान गरेका थिए ।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष सम्पर तामाङले कार्यक्रम लाई भव्य र सभ्यरुपमा सफल पार्न हाम्रो निमन्त्रणा लाई स्वीकार गरि पाल्नु हुने सम्पुर्ण प्रमुख अतिथि,बिशेष अतिथि गण,अतिथी गण,पत्रकार,प्रायोजक दाता,सम्पूर्ण उपस्थित दर्शक महानुभाव,अहोरात्र खटिनु हुने सम्पुर्ण पदाधिकारीहरु,स्वयंसेवक ,प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रम लाई सफल पार्न सहयोग गर्नु हुने सहयोगी मनहरु लाई त्रिशुली समाज युएई परिवार हृदय देखि धन्यबाद ज्ञापान गर्दै आगामी दिनहरूमा माया साथ सहयोग र सुझाव सल्लाहको अपेक्षा गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

औपचारिक कार्यक्रम समापन लगत्तै सांस्कृतिक कार्यक्रम शुरूवात भएको थियो। सांस्कृतिक कार्यक्रम शुरूवातमा तामाङ्ग भाषाको गीत र नृत्यबाट कार्यक्रम लाई अगाडि बढाईएको थियो | सांस्कृतिक कार्यक्रममा स्थानिया कलाकारहरुले आफ्नो तर्फबाट जोडदार प्रस्तुति दिएका थिए । त्यसैगरी नेपाल बाट आमान्त्रीत अथिती कलाकार गायक अशुसेन लामाले तामाङ सेलो तथा नेपाली गीत बाट उपस्थिति अतिथि लगायत सम्पुर्ण दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिलाएको थियो भने म्हेन्दो माया तथा लोक दोहोरी गीत गायिका मन माया वाइबाले म्हेन्दो माया गीत बाट दर्शक लाई थप मनोरञ्जन दिंदै उपस्थिति सम्पुर्ण दर्शक लाई नचाएका थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...