थारु कल्याणकारिणी सभा यूएई द्वारा आयोजित माघी उत्सव भब्यरुपमा सम्पन्न ।

Date:

Share post:

थारू कल्याणकारी सभा युएईले बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि ८ औ बार्षिक भेला तथा माघी उत्सब २०७६ तथा थारु नयाँ बर्ष २६४३ यहि १७ जनवरी २०२० शुक्रबार युएईको दुबई स्थित काल्टर्न टावर होटल देरा दुबईमा भव्यरुपमा सम्पन्न गरेको छ !

थारू ककल्याणकारिणी सभा युएईका अध्यक्ष रुपेश चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेफिन यूएईका अध्यक्ष महेश मोक्तान रहेको थियो भने बिशेष अतिथिमा नेफिन युएईका भुतपुर्व अध्यक्ष एवं learning & personal development committee का coordinator तथा तमु समाज युएईका प्रमुख सल्लाहकार डि.आर.गुरुङ,नेफिन युएईका निवर्तमान अध्यक्ष एवं संरक्षक समितिका संयोजक तथा एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा,नेपाली समाज युएईका महासचिव वेद प्रसाद अर्याल,एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला, गायिका अनु चौधरी,संगीतकार एवं गायक देव कृष्ण बिश्वास,थारु कलाकेन्द्र बिराटनगरका व्यवस्थापन समिति सदस्य एवं समाजसेवी कल्पना हजारी,नोबेल मिस थारु -२०१९ अंकिता बिश्वास,मिस्टर थारु २०१९ अमन चौधरी,थारू कलाकेन्द्र बिराटनगरका उपाध्यक्ष बिश्व नारायण चौधरी,थारु कलाकेन्द्र बिराटनगरका व्यवस्थापन समितिका सदस्य शुचि चौधरी ,अतिथिमा तमु समाज युएईका भुतपुर्व अध्यक्ष एवं नेफिन युएईका संरक्षक समिति सदस्य राजु गुरुङ,नेवा पुच:युएईका निवर्तमान अध्यक्ष एवं नेफिन युएईका संरक्षक समिति सदस्य प्रमोद श्रेष्ठ,नेपाल मगर संघ युएईका निवर्तमान अध्यक्ष एवं नेफिन युएईका संरक्षक समिति सदस्य टंक थापा मगर ,नेफिन युएई अन्तर्गत रहेका संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , समाजसेवी,पत्रकारहरु रहेको थियो।

कार्यक्रमको शुरूवात कार्यक्रमका प्रमुख अतिथि एवं नेफिन युएईका अध्यक्ष महेश मोक्तान,बिशेष अतिथि गण र अतिथि गणहरुले संयुक्तरूपमा दिप प्रज्ज्वलन गर्दै कार्यक्रम समुद्घाटन भएको थियो भने औपचारिक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम चर्चित युवा गायक तथा कार्यक्रम प्रस्तोता केशब राज महतो र माया महतो ले संचालन गरेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै नेफिन युएईका भुतपुर्व अध्यक्ष एवं learning & personal development committee का coordinator डि.आर.गुरुङले थारु समुदायको मौलिक रिति रिवाजले भरिपूर्ण माघी पर्व सच्चै नै समग्र राष्ट्र कै धनी संस्कृतिमा पर्दछ । यसलाई सिमित जाती , समुदाय र क्षेत्रमा मात्र सिमित नराखी नेपाल सरकारको हरेक निकायमा यसको पहिचान र मान्यता पाउनु पर्दछ भन्दै यसपालीको माघी उत्सवले यूएईमा ईतिहास समेत रचेको महसुस गर्दै थारु समुदायको मौलिक परम्पराले भरिपूर्ण माघी पर्व यूएईमा बस्ने सम्पूर्ण पेशागत र व्यावसय तथा समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरु लाई अगामी बर्षहरुमा पनि माघी उत्सब लाई निरन्तर दिनु पर्ने जोड दिएका थिए ।

उक्त कार्यक्रममा नेपाल बाट आमन्त्रित सुमधुर स्वरकी धनी तथा पछिल्लो समयमा निकै चर्चा पाउन सफल गायिका अनु चौधरी , संगीतका धरोहर तथा गायक देव कृष्ण बिश्वास र राष्ट्र कै स्वाभिमान राख्न सफल बहु प्रतिभाशाली खेलाडी केशरी चौधरी लाई सम्मान गरेको थियो । त्यसैगरी नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१९ प्रदेश नम्बर – १ शीर्षकका बिजेता द्वय – अमन चौधरी र अंकिता बिश्वास , थारु कला केन्द्र बिराटनगरका व्यवस्थापन समितीका सदस्य तथा समाजसेवी द्वय शुचि चौधरी , कल्पना हजारी ,सोहि कला केन्द्रका उपाध्यक्ष बि .एन .चौधरी , सुनौलो भबिष्यको अवसर खोज्दै यूएई आएका युवा तथा नव गायक निशान चौधरी लगायत कार्यक्रमका प्रायोजक र स्थानिय कालाकारहरुलाई संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति रुपेश चौधरी,प्रमुख अतिथि र विशेष अतिथिले मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रुपेश चौधरीले माघी उत्सव कार्यक्रममा उपस्थित भई साथ , सहयोग र हौसला दिएकोमा समस्त यूएईवासी थारु तथा गैर थारु दाजु भाइ तथा दिदी बहिनीहरुलाई मुरि मुरि धन्यबाद दिदै हार्दिक आभार तथा कृतज्ञताका साथ औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

औपचारिक कार्यक्रम समाप्त पश्चात् सांस्कृतिक कार्यक्रम संचालन भएको थियो । गायक केशव राज महतो ,गायिका अनु चौधरी , गायक देव कृष्ण बिश्वास र निशान चौधरीले आ-आफ्नै तरिकाले दर्शक गणहरुलाई भरपुर मनोरन्जन र मन्त्रमुग्ध बनाउदै नचाएका थिए भने स्थानीय चर्चित ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...