दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न छानविन समिति घटनास्थल जाँदै

Date:

Share post:

काठमाडौँ: महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ । आइतबार गृह मन्त्रालयले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय छानविन टोली सोमबार दार्चुला जान लागेको हो । समिति सदस्य ज्यत्स्ना भट्टका अनुसार उक्त टोली सोमबार दिउँसो जहाज मार्फत कैलालीको धनगढी हुँदै मंगलबार हेलिकप्टरबाट दार्चुला प्रस्थान गर्नेछ । उक्त टोली सोमबार दिउँसो २ बजेतिर कैलाली प्रस्थान गर्ने बताइएको छ ।

छानविन टोलीका सदस्यहरुले घटनास्थल नजिकैका प्रत्यक्षदर्शीहरुसँग भेटेर घटनाको बारेमा सोधपुछ गर्ने बताइएको छ । व्यास २ का ३३ वर्षीय जयसिंह धामी गत साता भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।

यस घटनामा भारतीय सीमा सुरक्षा बलको हात रहेको भन्दै स्थानीय तथा धामीका आफन्तले आरोप लगाएका थिए । तर भारतीय प्रशासनले यस घटनामा एसएसबीको कुनै संलग्नता नरहेको जनाएको छ ।

यस घटनाको सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाणले गौतमको संयोजकत्वमा आइतबार पाँच सदस्यीय समिति गठन गरेका हुन्।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।(अन्नपूर्ण )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...