24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

दुबै मृगौला पिडीत पर्शुराम घर्ति मगरले अस्पताल बाट सहयोगको अपिल गरे।

फेब्रुवरी २४ कुबेत नेपालडटकम :-युवा सशक्तिकरण अभियानमार्फत् समाजको मुहार फेर्ने सपना बोकि दुई दशक अघिदेखि सामाजिक क्षेत्रमा सकृय गुल्मी दरबार – १, बलिथुम निवासी वर्ष ३९ का युवा समाजसेवी पर्शुराम घर्ति मगरको अकस्मात् दुबै मृगौलाले काम नगर्दा अस्पतालको शय्याबाटै सहयोगको अपिल गरिरहेका छन् ।

२०५३/५४ सालबाट स्थानीय युवाहरूलाई संगठितगर्दै, समाज परिवर्तनको अभियानमा हिडेका अभियन्ता पर्शुराम घर्ति जिल्लामै चर्चित क्लब, नव जनविकास युवा परिवार बलिथुम गुल्मीका संस्थापक अध्यक्ष हुन् ।सामाजिक काममा कहिल्यै नथाक्ने पर्शुराम, यतिबेला भने आफ्नै जिन्दगीसंग थाकेका छन् । कस्तो बज्रपात आइलाग्यो कुन्नि ! दैवपनि यति साह्रो किन निष्ठुर भएहोला ।वंशाणुगत मृगौला पीडित भनौँ या संयोग ? पर्शुरामकी आमा मृर्गौलापीडित भएरै मृत्युवरण गर्नुपर्यो, उनकै सहोदर दाइ सोमबहादुर घर्तीको २०६९ सालमा दुबै मृगौला फेल हुँदा प्रत्यारोपणका लागि भएका जायजेथा, श्रीसम्पत्ती सम्पूर्ण रित्याएर उपचार गरे । त्यतिमात्रै होईन, पर्शुराम घर्तीका भाई थम्मन घर्तीसमेत मृगौला रोग कै कारण मृत्यु भयो । एउटा योग्य पर्शुराम जो थिए, अहिले उनकोसमेत दुबै मृगौला फेल भएर जीवनमरणको दोषाँधमा छट्पटाइरहेका छन् ।

यसरी एकपछि अर्का मृगौलापीडित परिवारका सदस्यहरूलाई उपचार गर्दागर्दा ठूलो ऋण लाग्यो उनलाई । त्यही ऋण उकास्न सकिन्छ कि भनेर पर्शुराम २०१८ मा युएईमा आए । तर गत डिसेम्बर १६ मा उनको अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि, अस्पताल गई चेकजांच गर्दा खुट्टा बढि सुन्निएकोले नशा फुट्ने सम्भावना रहेको र तुरुन्त ICU मा भर्ना गरि थप चेकजांच गर्नुपर्ने चिकित्सकले सल्लाह दिए । विस्तृत स्वास्थ्य परिक्षणको क्रममा उनको दुवै मृगौला १७ % खतरा रहेको चिकित्सकले बताए । ०।८ % भन्दा माथी असामान्य मानिने मृगौलाको अवस्था अत्यन्तै जटिल बनेपछि उनि तुरुन्त नेपाल फर्कि डिसेम्बर १९ मा काठमांडौ स्थित Grandy Hospital मा भर्ना भए । ICU कक्षमा १० दिन लामो डायलसिस र थप उपचार पश्चात् मृगौला प्रत्यारोपणका लागी अस्पतालमा भन्दा बाहिरै बसेर नियमित डायलसिस गरिरहनुपर्ने सल्लाह दिई अस्पतालले डिस्चार्ज गर्यो ।
का लागी गत पुस १६ गते देखि उनि प्रदेश नं ५ को बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल नजिक डेरामा बसि नियमित डायलसिस गरिरहेका छन् । डायलसिस मार्फत् मृगौलालाई तयारी अवस्थामा पुर्याएपछि प्रत्यारोपणको काम अगाडि बढाईने चिकित्सकले बताएका छन् ।
मृगौला प्रत्यारोपण उपचार पद्धति आफैमा अत्यन्तै खर्चिलो भएको र निजको आर्थिक अवस्था कमजोर रहेकोले उपचारका लागि आर्थिक सहयोग गरिदिन भनि अस्पताल र स्थानिय निकायहरुले सिफारिस गरेका छन् ।
यसै सन्दर्भमा बलिथुम गुल्मी स्थित नवजनविकास युवा परिवारले देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुलाई सहयोगको आव्हान गर्दै यहि फाल्गुण ०७ गतेदेखि “पर्शुराम घर्ति बचाऔं अभियान” सञ्चालन गरेको छ । उक्त क्लवले हाल गुल्मी जिल्ला भित्रका बिभिन्न स्थानहरु, प्रवास(युएई, मलेशिया र कोरिया)मा समेत प्रतिनिधिहरु खटाई अभियान संचालन गरेको छ । यस अभियानमा सहयोग गर्न चाहनुहुने महानुभावहरुले निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न सक्नुहुनेछ ।

चेत प्रसाद राकसकोटी – ००९७७९८४७३००१०५– अभियान समिति संयोजक
पदम खड्का मगर – – ००९७१५०५०९८१५८ – युएई प्रतिनिधि
घनश्याम ज्ञवाली (राजु) – ०८२१०८६८६३९४०- दक्षिण कोरिया प्रतिनिधि
बालसिङ घर्ति मगर – ००६०१८३१९०१९४– मलेशिया प्रतिनिधि
बैंक खाता विवरण:-
मनिकला घर्ति मगर
ग्लोबल आई।एम।ई। बैंक लिमिटेड
खाता नम्बरः- ७१०७०१०००१४६८
सम्पर्क नम्बरः- ००९७७ ९८२८९५७७००

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles