दूतावास आश्रयमा रहेका युवती बेपत्ता

Date:

Share post:

नयाँदिल्ली, चैत्र १८ – दिल्लीको कोठीमा बुझाउन लगिएका दुई नेपाली किशोरी स्थानीय सामाजिक संघसंस्थाले उद्धार गरी नेपाली दूतावासको जिम्मा लगाएको दुई दिनमै आइतबार बिहान बेपत्ता भएका छन् । सिन्धुपाल्चोक, इचोक गाउँबाट झुक्याएर दिल्ली ल्याइएका १५/१६ वर्षीया तामाङ किशोरीलाई मञ्जुकटिलास्थित एक गेस्ट हाउसबाट शुक्रबार उद्धार गरिएको थियो । उनीहरूलाई दूतावास अधिकारीको रोहवरमा जिम्मा लगाइएको थियो ।

किशोरीहरूलाई रक्सौलको बाटो हुँदै चैत १ गते दिल्ली ल्याइएको थियो । उनीहरूलाई ४ लाख रुपैयाँमा बिक्री गर्ने तयारी भइरहेको सूचना पाएपछि दिल्लीस्थित अखिल भारत नेपाली एकता मञ्च, हेल्प नेपाली मिसन र प्रवासी नेपाली जनकल्याण समितिका पदाधिकारी मिलेर उद्धार गरेका थिए ।

दुईमध्ये एकका दाजु सोमबहादुर तामाङ काठमाडौंको बौद्ध थानामा बहिनीहरू खोजतलासका निम्ति आवेदन दिँदै दिल्ली आइपुगेका थिए । सोमबहादुरकै जानकारीका आधारमा इचोक गाउँकै फूलमाया तामाङ र कालु लामाले किशोरीहरू लुकाएर राखेको पत्ता लागेपछि नेपाली समाजका प्रतिनिधिले गेस्टहाउसमा छापा मारेका थिए ।

‘गेस्ट हाउसबाट उद्धार गर्ने क्रममा यी तामाङ बहिनीलाई फकाएर गाउँबाट ल्याउने फूलमाया तामाङ पनि साथै भएकाले तीनैजनालाई दूतावासमा बुझाएका हौं,’ एकता मञ्चका राज्य सचिव जीवन शर्माले भने । बेचिएका र बिक्री गर्ने तीनै युवतीलाई जिम्मेवार पदाधिकारीसहितको रोहवरमा शुक्रबारदेखि दूतावास परिसरको आश्रयस्थलमा राखिएको थियो ।

भारत छिर्न सजिलो होस् भनी फूलमायाले आफ्नी ३ वर्षकी बच्चीलाई पनि साथै ल्याएकी छन् । बेचिएका दुई युवतीले ३ र १ कक्षा मात्रै पढेको बताए ।

‘हामीलाई २० हजार रुपैयाँ दिने भनिएको थियो, यता दिल्ली घुम्ने र फिल्म हेर्ने भनेर ल्याइएको हो,’ शुक्रबार अपराह्न दूतावासमा भेटिएका दुवै युवतीले भने । उनीहरूले इचोकको जंगलमा घाँस काट्न गएका बेला डोको त्यहीं छाडेर आफूहरू काठमाडौंतिर लागेको र त्यहााबाट फूलमाया तथा कालु लामाका साथमा दिल्ली आइपुगेको बताए ।

‘अरूभन्दा पनि दूतावासको रोहवरमा छाडिएका नेपाली चेलीबेटी आश्रयस्थलबाटै बेपत्ता भएको खबरले अर्को तनाव जन्माएको छ,’ एकता मञ्चका अर्का प्रतिनिधि आरबी खड्काले भने । दूतावासको त्यही परिसरमा चार्ज डे अफेयर्स, काउन्सिलरसहितका एक दर्जनभन्दा बढी कर्मचारीको बसोबास छ । त्यो परिसरमा २४ घन्टै सुरक्षागार्ड तैनाथ हुन्छन् ।

दूतावासका चार्ज डे अफेयर्स खगनाथ अधिकारीले दूतावास परिसरमा आश्रति युवतीहरू एकाएक बेपत्ता भएका जानकारी आफूले पाएको र यसबारे सोधपुछ हुने प्रतिक्रिया दिए । ‘उनीहरूको खोजी गर्ने र दूतावासभित्रको सुरक्षा स्थितिबारे गम्भीरतापूर्वक अध्ययन गर्ने निर्णय भएको छ,’ अधिकारीले भने ।

– See more at: http://www.ekantipur.com/np/2070/12/18/full-story/386661.html#sthash.Zq518prX.dpuf

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...