26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

दोहोरी गायिका मञ्जुको शव परिवारले बुझेनन्

- Advertisement -

१६ चैत, काठमाडौं । सवारी दुर्घटनामा परी ज्यान गुमाएकी लोकदोहोरी गायिका मञ्जु महतको शव परिवारले बुझेका छैन् । महतलाई ठक्करदिने माइक्रोबसले उचित क्षतिपूर्तिको व्यवस्था नगरेसम्म शव नबुझ्ने परिवारको अडान छ । समस्या समाधान गर्न शनिबार अबेरसम्म वार्ता गरिएपनि कुनै सहमति भएको छैन् । माइक्रोबस व्यवसायी समितिबाट गएको प्रतिनिधि मण्डलले पीडित परिवारका माग सम्बोधन गर्ने विषयमा आलटाल गरेपछि वार्ता बिनानिष्कर्ष सकिएको हो ।

यता कलाकारहरुले पनि मृतक महतको परिवारका पक्षमा माइक्रोबसले क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गर्ने भएका छन् । समितिले पीडितहरुको माग नसुने कडा आन्दोलन गर्ने कलाकारहरुले बताएका छन् ।

- Advertisement -

गीत रेकर्डिङका लागि जमलको मालश्री स्टुडियो जाँदै गर्दा महत सवारी दुर्घटनामा परेकी थिइन् । स्कुट चलाइरहेका उनलाई दुई बटा माइक्रोबसले बिचमा चेपेको थियो । लगतै उनलाई मनमोहन मेमोरियल अस्पताल लगेपनि उपचार हुन नसकेपछि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट ग्राण्डी रिफल भएको थियो ।
– See more at: http://www.onlinekhabar.com/2014/03/182416/#sthash.nLsC90is.dpuf

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles