नातिहरूले गरे हजुरबा–आमाको नाममा जग्गादान

Date:

Share post:

भोजपुर : आमचोक गाउँ पालिका बडा न १ को कार्यालयले आफ्नो भवन नहुँदा पन्चकन्या मा.वि.को पुरानो भवनबाट काम कारवाही सन्चालन गर्दै आइरहेको थियो।

भवन निर्माणका लागि जग्गा खोजि भईरहेको अवस्थामा वासिङे माथाका नातिहरुले ४ रोपनी नम्बरी जग्गा वडा कार्यालयलाई निशुल्क जग्गा उपलव्ध गराईएको कुरा आमचोक गाउँ पालिका अध्यक्ष असोक राईले बताउँछन् । भन्छन्, ‘जग्गा उपलव्ध भएपछि सोही स्थानमा भवन निर्माण गरि आफनै भवनबाट सेवा सुविधा प्रवाह व्यवस्थित ढंगले भइरहेको छ ।’
जग्गा दान दिने प्रति आभार प्रकट गर्दै अध्यक्ष राईले इतिहासिक कामको सुरुवात भएको बताए ।
जग्गा दान दिने मध्यका वासिङ थर्पु निवासी पन्चकन्या मा.वि.का पुर्ब प्रधानाध्यापक जय कुमार राईले हुन् । वडा कार्यालयमा जग्गा अभावको कारणले भवन निर्माण हुन नसकेको जानकारी महसूस भएपछि दाजु भाईहरुसग सर–सल्लाह गरि सयुक्त रुपमा वडा कार्यालयलाई जग्गा उपलव्ध गराइएको राईको भनाइ छ ।
भन्छन्, ‘हाम्रो स्वर्गीय हजुर बुबा हजुर आमा बखत सिंह माथा र सोम माया राईको नाममा जग्गा दान गर्ने निर्णय गरेको हौ।’
बडा कार्यालय बनाउन जग्गा दान दिएर महत्वपूर्ण भुमिका निर्वाह गर्ने वासिङे माथा परिवारको इतिहास गाउँ पालिका र स्थानीय बासिन्दाले भुल्न नहुने वडा अध्यक्ष निम नुरी शेर्पाले बताए । स्वास्थ्य चौकी र प्रहरी कार्यालय नजिक वडा कार्यालय(पोखरी बारी छेउ) उपयुक्त स्थानमा बनेको हुँदा स्थानीय बासिन्दाहरूलाई सेवा सुविधा लिन सहजता भएको उनको भनाइ छ ।
स्वर्गीय वखत सि माथाका ५ छोराहरु स्वर्गिय जेठा धन प्रसाद राई, माइला स्व.भूतपूर्व प्रहरी निरीक्षक पुर्ण प्रसाद राई, साइला स्व. गोवर्धन राई,काइला स्व.सिहराज राई र कान्छा स्व.सुन्दर प्रसाद राईका छोरा तथा नातिहरु रामकुमार राई, जयकुमार,हिमाल,प्रकाश,प्रदिप, चन्द्र,मिलनकुमार र विनोद,रविले उक्त ४ रोपनी नम्बरी जग्गा वडा कार्यालयलाई राजिनामा पास गरि सयुक्त रुपमा उपलब्ध गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...