निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

Date:

Share post:

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को ‘भ्यालेण्टाईन डे’ अर्थात प्रणय दिवसको दिन ‘निरेम सांगितिक उत्सव २०२५’ आयोजना गर्ने भएको छ । मुख्यत : युवा तन्नेरीहरूले फेब्रुवरी दोस्रो साताभरी मनाउँने प्रणय दिवसमा यसपाली निरेमले ‘टिनएज’ नेपाली समूदायलाई लक्षित गर्दै प्रणय उत्सव गर्न लागको हो । फेब्रुवरी १४ तारिक हुने उक्त उत्सवमा नेपाली सांगितिक समूहकको प्रस्तुति रहने छ भने साथमा बिभिन्न प्रेमिल सांगित र साहित्यिक प्रस्तुति हुने आयोजक निरेमले बताएको छ । यधपी नपालको कुन सांगितिक समूह वा गायक/गायिकाको प्रस्तुति रहनेछ भन्ने चाँहि अहिले टुङ्गिएको छैन ।

नेपाली श्रमगन्तव्य मध्यको प्रमुख मानिने कुवेतमा युवा श्रमिकको संख्या पनि उल्लेख्य भएका कारण आउँदो भ्यालेण्टाईन डे को दिन यो प्रणय सम्बन्धित कार्यक्रम आयोजना गर्न लागिएको आयोजक निरेमको दावि छ । बहुसंख्यक मुस्लिम समुदायको बाहुल्य रहेको कुवेतमा नेपाली श्रमीकहरुलाई कामको अलावा मनोरञ्जन गर्ने साधन र स्थानको सिमितता रहेको अवस्थामा यो कार्यक्रमले थोरै भएपनि ‘फ्रेस’ बनाउँने आयोजकको भनाई छ । बिशेषगरी रोम समुदाय र संस्कृतिबाट सुरु भएको भ्यालेण्टाईन डे बिस्तारै मध्यपूर्व र एसिया हुँदै नेपाल र नेपाली समुदायकाबिच पनि लोकप्रिय हुँदै जानथालेको छ । सेन्ट भ्यालेण्टाईनको प्रेम प्रसङ्गको सम्झनामा मनाउँन सुरु भएको भ्यालेण्टाईन डे युवा युवतीले बिशेष प्रेम पर्वको रुपमा मनाउँने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...

परराष्ट्रमन्त्री राणाको भारत भ्रमण : भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

भेटमा भारतका तर्फबाट विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, प्रिन्सिपल सेक्रेटरी प्रमोदकुमार मिश्र, विदेश सचिव विक्रम...