नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा

Date:

Share post:

१० डिसेम्बर, कुवेत। वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका २१ युवा मेनपावर र त्यहाँस्थित नेपाली दूतावासको लापरबाहीका कारण कालोसूचीमा परेर फर्किएका छन्।गएको एक वर्षसम्म कम्पनीले भिसा लगाएर काम लगाएको भए तापनि कम्पनी विगत एक वर्षदेखि बन्द हँुदा उनीहरू बन्धक जस्तै बनेका थिए।

नेपालबाट कामदार भिसा लिएर गएका उनीहरू कुवेती कम्पनीले कामदारको भिसा नलगाइदिएपछि दूतावास र मेनपावरको सम्पर्कमा आएका थिए। दूतावासले ‘हुँदै छ’ भन्ने र मेनपावरले कल ब्लक गर्ने गरेका कारण उनीहरू भिसा समय सकिएका कारण बन्धक जस्तै भएर बस्नुपरेको थियो।

‘हामीले पटक–पटक सम्पर्क गर्न खोज्यौं तर मेनपावर कम्पनीले हाम्रो कल नै ब्लक गरेर बस्यो’, पीडितमध्येका विशाल धामीले भने– ‘मेनपावर पछिको हाम्रो गुहार्ने निकाय नेपाली राजदूतावास थियो, तर हामीसँग भिसा नभएको हुँदा दूतावास गइराख्ने कुरा भएन, फोनबाट फलोअप गर्दा हुन्छ मात्रै भनियो, अन्तिममा कुवेत नै फर्किन नपाउने गरी घर फर्किनुपर्यो ।’

कुवेतमा रहेको टेस्टी फुड एन्ड अल रिप रेस्टुरेन्टको कामका लागि भन्दै ग्लोबल राइजिङ प्लेटिमेन्ट मेनपावरमार्फत उनीहरू कुवेत पुगेका थिए। गएको तीन महिना प्रवेशका लागि प्रदान गरिएको भिसाले काम गर्यो, त्यसपछि एक सालको भिसा लगाएको कम्पनीले पुनः भिसा थप गरिदिएन।

शुरूको तीन महिना समयमै तलब दिएको कम्पनीले त्यसपछि तलब रोक्न थालेपछि कामदार त्रसित बन्दै गएका थिए। अन्ततः उनीहरू बिनातलब नेपाल फर्किए तर कहिलै कुवेत जान नपाउने गरेर। करिब दुई वर्ष कुवेत बिताएका उनीहरूले ८ महिनाको तलबसमेत पाएनन्।

कम्पनीले ६ महिनासम्म तलब नदिएपछि कुवेत सरकारले समेत कम्पनीलाई नोटिस दिँदै समयमा तलब दिन भनेको थियो, तलब समयमा उपलब्ध नगराए काम नगर्नू भन्ने कुवेत सरकारको आदेशअनुसार काम गर्न छोडेको अर्का पीडित रमेश खड्काले बताउनुभयो।

कम्पनीले तलब दिन छाडेपछि खानसमेत समस्यामा परेका उनीहरूलाई नेपाली राजदूतावासले पाँच हप्तासम्म २५ किलो चामल उपलब्ध गराएको थियो। तर, त्यो चामल २१ जनालाई एक हप्ता पनि पुगेन।

कुवेत सरकारको कानुनअनुसार अवैधानिक बनेका उनीहरूलाई वैधानिक तवरबाट नेपाल फर्कन लाग्ने करिब ५४ लाख रुपियाँ विमलप्रसाद श्रीवास्तवको नेतृत्वको संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको भएपनि त्यसो हुन नसक्दा उनीहरू जेल परेर शुक्रबार मात्रै नेपाल फर्किएका हुन्।

आफूहरू अन्यायमा परेको भन्दै न्यायको खोजीमा सोमबार वैदेशिक रोजगार विभाग पुगेका उनीहरूले मेनपावरविरुद्ध उजुरी दर्ता गरेका छन्। वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘अब पीडितलाई न्याय दिलाउने काममा कुनै कसर बाँकी राखिने छैन।’

कामदारलाई कुवेत पठाउने मेनपावरका निर्देशक महेश बस्नेतले भन्नुभयो– ‘हामीले दूतावासले प्रमाणीकरण गरेको डिमान्डका कामदार पठाएका हौं, भइपरी आउने समस्याका लागि सरकारले पनि सहयोग गर्नुपर्छ।

न्युज अभ नेपालबाट साभार!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...