नेपाली प्रवासी ट्याक्सी व्यवासायी संघ कुवेतको तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशनको तयारी पूरा

Date:

Share post:

कुबेत नेपालडटकम /१८ डिसेम्बर, कुवेत। “नेपालीहरुको सेवामा समर्पित” भन्ने मुल नाराका साथ नेपालका विभिन्न ठाउँबाट कुवेत आइ ट्याक्सी व्यवासाय गरेर बसेका नेपालिहरुलाइ एकीकृत गर्दै नेपालीहरुलाइ सुलभ सेवा दिने उदेश्यले कुवेतमा दर्जनौँ संस्थाहरु माझ २०१६ मा स्थापित नेपाली प्रवासी ट्यक्सी व्यवासायी संघ कुवेतको तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशनको तयारी सम्पन्न भएको छ।

आगामी २७ डिसेम्बर २०१९ का दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा तय भएको कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आर डि क्रीएशन संगको कुराकानिमा तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशन २०१९ कार्यक्रमका कार्यक्रम संयोजक हिमाल लामाले बताएका छन।

कार्यक्रममा स्थानिय कलाकारहरुद्वारा संगितिक प्रस्तुतिहरु पनि प्रस्तुत गर्ने भएको छ। साथै ताल्या ट्याक्सिको तर्फबाट लक्की ड्र पनि रहेको संयोजक लामाले बताएका छन। उनले भने “लक्की ड्र मा जो कोहि पनि कार्यक्रममा उपस्थित भएकाहरु समावेश हुन सक्नेछन। ताल्या ट्याक्सिको एउटा काउन्टर रहनेछ। त्यहाँ गएर Al talyaa ट्याक्सिको एप्लिकेसन डाउनलोड गरेवापत नम्बर प्राप्त गर्नेछौँ। उक्त नम्बर लक्की ड्र मा समावेश हुनेछन।” लक्की ड्रमा एउटा मात्र पुरस्कार रहेको समेत उनले जानकारी दिएका छन।

कार्यक्रमको लागि कुवेतका कृयाशिल सबै संघ संस्था, संचार माध्यम तथा बुद्धिजीवी वर्गहरुलाइ पत्रचार भैसकेको भएता पनि कथमकदाचित छुट्न पुगेको भए यसै समाचारलाइ निमन्त्रणा मानी उपस्थितिका लागि संयोजक लामाले अनुरोध गरेका छन।

कार्यक्रम: तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशन
स्थान: युनिक अडिटोरियम हल फर्वानिया कुवेत
मिति: २७ डीसेम्बर २०१९
समय: मध्यन्ह ठिक १२ बजे
आयोजक: नेपाली प्रवासी ट्याक्सी व्यवासायी संघ कुवेत।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...