नेपाली समाज युएईद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न ।

Date:

Share post:

फेब्रवरी १६ युएई मनु कोंमे तमु फिष्टेल न्यूज:- नेपाली समाज युएईले एक दिने नि:शुल्क स्वास्थ्य शिविर एवं स्वास्थ्य सचेतना मुलुक कार्यक्रम गत १४ फेब्रुअरी २०२० शुक्रबार युएईको दुबई स्थित रसिदिया पोलिक्लिनिक वर दुबईमा सम्पन्न गरेकाे छ ।

युएईको दुबई राज्यको मुटुमा अवस्थित बरदुबईमा रहेकाे रसिदिया प्राईभेट पाेलीक्लिनिककाे स्वास्थ्य टोली सँगको सहकार्यमा सञ्चालित स्वास्थ्य शिविरमा २ सय ३० भन्दा बढी नेपालीहरूले आफ्नो स्वास्थ्य जाँच गराउदै लाभ लिन सफल भएको थियो।

स्वास्थ्य परिक्षण कार्यक्रम विहान १० वजे देखि दिनको ३:३० वजे सम्म संचालन भएको थियो भने शिविरमा धेरै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले आफ्नो स्वास्थ्य बीमा नभएका कारण आफ्नो स्वास्थ्य जाँच गराउन बन्चित रहेको अवस्थामा पनि स्वास्थ जाँच गराउने अबसर पाउदा धेरै खुशी व्यक्त गरेका थिए।

युएईबासी नेपालीहरूकाे पुरानाे संस्था नेपाली समाज यूएईले अल रासिदिया प्राईभेट पोलिक्लिनिक सँग सहकार्य गर्दै नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको थियो। स्वास्थ्य जांचमा रक्तचाप,सुगर,दांत,थाइराइड लगायत आवश्यकता अनुसार रगत तथा अन्य जांचहरु गराएको थियो ।

उक्त स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत एकदिने नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम लाई आफ्नो स्थान देखि सहयोग गर्नु हुने नेपाली समाज युएईका मौजुदा कार्यसमितिका सहयात्री साथिहरु,नेपाली समाज युएईका सम्पुर्ण अग्रज एवं सल्लाहकारहरु, नेपाली समाज युएई अन्तरगत आबद्ध सम्पुर्ण सामाजिक संघ संस्था, युएईमा क्रियासिल सम्पूर्ण संघ संस्था, पत्रकार साथीहरू, अल रासिदिया पोलिक्लिनिक का व्यस्थापन दल लगायत सहभागी सम्पुर्ण प्राविधिक कर्मचारी एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी प्रति नेपाली समाज युएईले हार्दिक कृतज्ञता व्यक्त समेत गरेको छ भने सबैको साथ सहयोगले आगामी दिनहरूमा पनि यस्तै सन्देश मुलुक एवं नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले प्रत्यक्ष रुपमा लाभ लिन सक्ने कार्यक्रमको आयोजना गर्ने तयारी नेपाली समाज युएईको रहेको नेपाली समाज युएईका महासचिव बेद प्रसाद अर्यालले बताएका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...