दिपेन गुरुङ / इजरायल – विश्वका आदिवासी जनजाति एक होऔं आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” नेपाल आदिवासी जनजाति महासंघ इजरायलको ८ औ बार्षिकोत्सव तथा साधारण सभा कोरोना भाइरसको विश्वव्यापी प्रभाबका कारण जुम अनलाइन मार्फत र सोसल डिसटेन्सको नियम पालन गर्दै नेपाल आदिवासी जनजाती महसंघ इजरायलका अध्यक्ष तारा काउचा मगरको सभापतित्वमा संघको कार्यालय तेल अभिवमा एक कार्यक्रमको बिच सम्पन्न भएको छ।नेपाल आदिवासी जनजाति महासंघ इजरायलको स्थापना २०१२ मा स्थापना भएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाती महासंघ केन्द्रिय अध्यक्ष जगत बराम,बिशिस्ट अतिथि संस्थापक अध्यक्ष तेन्जिन शेर्पा,बिशेष अतिथि केन्द्रिय उपाध्यक्ष एवं प्रवास शाखा इन्चार्ज गोबिन्द छन्त्याल तथा केन्द्रीय का.वा महासचिव सुकबिर थामी,नेफिन इजरायलका पुर्व अध्यक्ष एवं संरक्षक परिषद सदस्यहरु साथै अतिथिहरुमा राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष एवं प्रतिनिधि साथै इजरायलका राजनैतिक ,सामाजिक जातीय,धार्मिक , संघ संस्थाका अध्यक्ष प्रतीनिधिहरुको प्रत्यक्ष उपस्थिति तथा जुम अनलाइन मार्फत सहभागी रहेका थिए । यस कार्यक्रममा प्रमुख अतिथी ,बिशेष अतिथी ,अथितीहरुले शुभकामना मन्तब्य दिएको थियो।
नेपाल जनजाती महासंघ इजरायलका महासचिव खुशी क्ले तमुले बार्षिक प्रतिबेदन तथा संघका कोष अध्यक्ष आइन्द्र योङ्या लिम्बुले प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा कार्यक्रम सभापति तथा संघका अध्यक्ष तारा काउचा मगरले आफ्नो कार्यकालमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग दिनु हुने सम्पुर्णलाई धन्यवाद दिनु हुँदै आफ्नो नेतृत्वमा रहेको कार्यसमिति बिघाटन भएको घोषणा गर्नु भएको थियो।लगतै निर्बाचन संयोजक तारा काउचा मगरले पेम्बा डोल्मो ह्योल्मोको अध्यक्षतामा १६ सदस्यीय नया कार्यसमिति सम्पूर्ण निर्बिरोध निर्बाचित भएको घोषणा गर्नु भएको थियो। नेफिन इजरायलका सस्थापक अध्यक्ष, बिशिष्ठ अतिथि श्री तेन्जिङ्ग शेर्पा,बिशेष अतिथी डोमा शेर्पा र निर्मला तमुस्योद्वारा ओहदाको प्रमाण-पत्र प्रदान गरिएको थियो भने निर्बाचित सम्पुर्णलाई नेफिन केन्द्र अध्यक्ष जगत बरामले ह्याल्मो भाषामा सपथ ग्रहण गराएका थिए ।
नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा पेम्बा डोल्मा ह्योल्मो,वरिष्ठ उपाध्यक्षमा छोङ्गबा शेर्पा,उपाध्यक्षमा देव खालिङ्ग राई,उपाध्यक्षमा नानी माया तामाङ्ग,उपाध्यक्षमा नुमा काङ्गभा बखिम,उपाध्यक्षमा स्वस्तिका श्रेष्ठ,उपाध्यक्षमा खुशी घले रहेका छ्न। महासचिवमा सुर्य राना मगर,प्रथम सचिवमा आङनिमा तितुङ्ग तामाङ ,सचिवमा सोनी तमुस्यो,सचिवमा कशिस बान्तवा राई,सचिवमा खेण्डो आमु ह्योल्मो,सचिवमा राज कुमारी श्रेष्ठ,कोष अध्यक्षमा आइन्द्र योङ्ग्या लिम्बु र सह – कोषाध्यक्षमा जमुना थापा मगर रहेको छ।
त्यसैगरी सल्लाहकारहरुमा तारा काउचा मगर,मनु श्रेष्ठ,गीता तुम्बाहाम्फे,डम्बर गुरुङ,बाल कुमार राई,अनिला मोक्तान तामाङ ,दोर्जे शेर्पा र समिर श्यान्ग्बा ह्योल्मो रहेका छन भने संरक्षक परिषद सदस्यहरुमा तेन्जिङ शेर्पा,सुन्दर योञ्जन तामाङ,डोमा शेर्पा,निर्मला गुरुङ,नयन इम्सोङ लिम्बु र नरेश कुमार श्रेष्ठ रहेको छ।