21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

नेपाल कुवेत सरोकार समाजद्वारा राउटे समुदायलाई दोस्रो चरणको राहत वितरण

199351463_4389072871124518_7800464134554203845_n

जुन १२ कुबेत। विश्वभरी कोरोना संक्रमणले देश नै तहस-नहस बनाएको बेला सुर्खेत जिल्लमा बसो बास गर्दै आउनु भएका ५१ घर राउटे समुदायलाई राहत वितरण गरिएको छ। लामो बन्दाबन्दी (लकडाउन) ले खाद्यान्न अभाव भएपछि केही सहयोग गरौ भनी नेपाल कुवेत सरोकार समाजले पनि कुबेतमा अभियान चलाएको थियो। उक्त अभियान लाई कुबेतमा बस्नु हुने नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु अनी नेपाली संग संस्था बाट उठेको सहयोग सन्कलन रकम बाट नेपालको सुर्खेत जिल्लमा रहेका अति विपन्न ५१ घरपरिवार राउटे समुदायलाई राहत वितरण गरिएको थियो

नेपालको अति लोपोन्मुख तथा विपन्न समुदाय मध्ये एक हो राउटे जाति जुन समुदायको अहिलेसम्म पनि सामान्य मानिसहरू जस्तो व्याक्तीगत सम्पती जोडजाम गर्ने वा निजी सम्पत्ति छैन। राहत वितरणमा प्रतिघर १ बोरा चामल, तेल, दाल,नुन माक्स वितरण गरिएको थियो। समाजका पुर्ब सचिव दल बहादुर बस्नेत ज्यू को टिम राउटे बस्ती मै पुगेर राहत बितरण गरिएको नेपाल कुबेत सरोकार समाजका अध्यक्ष राम तमाङले जानकारी जानकारी गराएका छन। राहत पाएपछि राउटे समुदाय धेरै खुसी भएका छन्।
समाजले यो भन्दा पहिले पनि काभ्रेका ५१ घर परिवारलाई दाल,चामल,नुन,तेल,साबुन र माक्स वितरण गरी सकेको छ। भने समाजले चलाएको अभियान लाई कुवेतमा कार्यरत मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु नेपाली संग संस्थाहरुले आर्थिक सहयोग गरी साथ दिएकोमा समाजको अध्यक्ष राम तमाङले सम्पूर्ण सहयोगी मनकारी हरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles