
कुबेत/ नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६८ औँ बुद्ध जयन्ती मनाउने भएको छ। कुबेतको मंगाफ स्थित मेमोरी हलमा मे २४ तारिक शुक्रबारका दिन बौद्ध धर्मानुसार पुजा पाठ गरि मनाउने निर्णय गरेको हो। नेपाल तामाङ घेदुङ कुवेत शाखाको स्थापना कालदेखि नै घेदुङले बुद्ध जयन्ती धुम धमका साथ मनाउँदै आइरहेको छ।
विश्वभरको बौद्ध धर्मावलम्बीले एकै साथ मान्ने गरेको बुद्ध जयन्तीमा संसारका प्राणी जगतलाइ दुख, पीडा नहोस सबैलाइ शान्ती छाओस भन्दै बौद्ध लामा गुरुहरु द्वारा पाठ पुजा गर्दै मनाइन्छ। त्यसै अनुरुप कुवेतमा पनि तामाङ घेदुङद्वारा यो शान्तिपुर्ण कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा कुवेतमा रहेका बौद्ध धर्मप्रती आस्थावान र कुवेतलाइ कर्मथलो बनाएर क्रीयाशिल सबै दाजुभाइ दिदिबहिनिहरुलाइ अयोजक नेपाल तामाङ घेदुङ कुवेत निमन्त्रणा गर्दै हार्दिक स्वागत गर्दछ।

कार्यक्रम :-
मिति – २४ मे शुक्रबार २०२४
स्थान – मेमोरी हल मंगाफ
समय :- बिहान १० बजे देखि
आयोजक – नेपाल तामाङ घेदुङ कुवेत