कुवेत/ नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १६ औं स्थापना दिवस तथा श्रमिक सचेतना कार्यक्रम आगामी २७ जुनमा मनाउने भएको छ ।महासंघले यसअघि १५ औँ स्थापना दिवसका अवसरमा शाखाले “विदेश विमर्श” शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो। यसपालि भने कुवेतमा रहेका नेपाली श्रमिक समुदायलाई लक्षित गर्दै श्रमिक सचेतना कार्यक्रम मार्फत जानकारीमूलक सन्देश प्रवाह गरिने जनाइएको छ।
सोही अवसरमा रोजगारका लागि कुवेत आएका पत्रकार माधव शाहीको ३६ वर्षको उमेरमा १४ अक्टोवर २०२१ मा निधन भएको थियो । उनको सम्झनामा स्व. माधव शाही स्मृति पत्रकारिता कोष खडा गरिएको थियो । सोही कोषबाट कुवेतमा रहेर सकृय रुपमा पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन र हौसला स्वरुप महासंघले स्थापना दिवसको अवसरमा पुरस्कार समेत प्रदान गरिने छ।
कार्यक्रम विवरण:
कार्यक्रम: १६ औँ स्थापना दिवस तथा श्रमिक सचेतना कार्यक्रम
मिति: २७ जुन २०२५, शुक्रबार
स्थान: तय नभएको छिट्टै जानकारी गराइनेछ
आयोजक: नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत



