24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय लाई गर्‍यो बिदाई

नेपाल पत्रकार महासङ्घ वैदेशिक शाखा कुवेतले एक समारोह आयोजना गर्दै नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र सुजन बिँडारीलाई बिदाई गरेको छ।

प्रथम सचिव प्रेम राज गौतम करिब अढाई वर्ष र प्रथम सचिव सुजन बिँडारी करिब डेढ वर्षदेखि कुवेतमा कार्यरत रहँदै नेपाली श्रमिक र समुदायको सेवामा सक्रिय रहँदै आएका थिए। हालै दुवै सचिव द्वितीय श्रेणी उपसचिवमा बढुवा भई नेपाल फर्किन लागेका हुन्।कार्यक्रममा महासङ्घका अध्यक्ष राज मल्लले दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सचिवद्वयको योगदानको प्रशंसा गरे। कुवेतमा रहँदा श्रमिक हितमा गरिएको क्रियाशील कार्यको उच्च प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गरे।

सो अवसरमा निरेम प्रोडक्सन प्रालिद्वारा पनि सचिवद्वयलाई विशेष सम्मानपत्र सहित बिदाई गरिएको थियो। कुवेतमा कार्यरत रहँदा दुवै सचिवले सूचनाको सम्प्रेषण, श्रमिक समस्या समाधान तथा दूतावास सेवाको प्रभावकारितामा उल्लेखनीय भूमिका खेलेको भन्दै निरेम टिमले कदर व्यक्त गरेको छ ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मी, समाजसेवी तथा नेपाली समुदायका प्रतिनिधिहरूले पनि सचिवद्वयको योगदानको प्रशंसा गर्दै बिदाई कार्यक्रम गरेको थियो।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles