नेपाल मगर संघ शाखा युएईको “माघ्या सकराती मेला तथा बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा ।

Date:

Share post:

नेपाल मगर संघ शाखा युएईले यहि २४ जनवरी २०२० शुक्रबार आयोजना गर्न गइरहेको “माघ्या सकराटी मेला तथा बृहत् सांस्कृतिक साँझ २०७६″ कार्यक्रमको तयारी पुरा भएको छ।

युएईको दुबई स्थित क्लब एभरेष्ट अस्टेरिया होटल वर दुबईमा आयोजना हुन लागेको कार्यक्रममा नेपाल बाट अतिथि कलाकारको रुपमा चलचित्रका नायक,गायक तथा नृत्यकार रमेश बाबु थापा मगर युएई आउने भएको छ।नेपाल बाट आमन्त्रित अतिथि कलाकार चलचित्रका नायक,गायक तथा नृत्यकार रमेश बाबू थापाको बिशेष धमाकेदार संगीतिक प्रस्तुति रहने भएको छ। कार्यक्रममा मगर ब्रदर्स, फ्युजन डान्स क्रु को बिशेष प्रस्तुति सहित स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ भने साथमा मगरहरुको मौलिक कौडा नृत्य र मौलिक पन्चे बाजा कार्यक्रमको अकार्षक रहेको छ।

नेपाल मगर संघ शाखा युएईको यहीँ १७ जनवरी २०२० शुक्रबार युएई स्थित दुबईमा नेपाल मगर संघ शाखा युएईका अध्यक्ष शिला रानामगरको अध्यक्षतामा बसेको अन्तिम तयारी बैठकमा कार्यक्रमको लागि तयारी पुरा भएको जनाउदै नेपाल मगर संघका कोषाध्यक्ष प्रदीप पुनमगरले जानकारी गराएको छ।

कार्यक्रम लाई भव्यरुपमा सफल पार्नको लागि नेपाल मगर संघ शाखा युएईले प्रवास युएईमा क्रियाशील संघ सस्थाका प्रमुख, प्रतिनिधि, पत्रकार,कलाकार,बिभिन्न पेशा-व्यवसायमा आबद्ध ब्यक्तित्व एवं समाजसेवी महानुभावहरुमा गरिमामय उपस्थितीको लागी हार्दिक निमन्त्रणा समेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...