24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

पत्रकार महासंघको कोभिड राहत कोषका लागि कुवेतका पत्रकारहरुको आर्थिक सहयोग

221212588_557136945474517_7373712548056934242_nकुवेत / कोभिड संक्रमण भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेका पत्रकारहरु, उनिहरुका परिवार तथा कोभिड संक्रमणका कारण मृत्‍यु भएका पत्रकारका परिवारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सन्चालन गरेको “कोभिड राहत कोष”का लागि नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले ५० हजार नेपाली रुपैया आर्थिक सहयोग गरेको छ।

नेपाल पत्रकार महासंघका महासचिब रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजवाल लगाएतको उपस्थितिमा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका निबर्तमान अध्यक्ष हरि कृष्ण न्यौपाने,निबर्तमान कोषाध्यक्ष प्रदिप नेपाली तथा प्रबासी नेपाली पत्रकार सन्जालका दामोदर नेपालले उक्त सहयोग रकम महासंघको केन्द्रिय कार्यालयमा हस्तान्तरण गरेका थिए।

साउन १२,२०७८(जुलाई २३,२०२१)सोमबारका दिन उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।उक्त सहयोग हस्तान्तरण पछी महासचिब रोशन पुरीले बिदेशको ठाउँमा पसिना बगाउदै नेपाली समाजका लागि पत्रकारिता गरिरहेका नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका पत्रकारहरुलाई आर्थिक सहयोगका लागि धन्यवाद दिदै कोभिड राहत कोषमा जम्मा भएको रकमलाई सही ठाउँमा सदुपयोग गरिने बताए।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles