26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

पदाधिकारी चयनमा प्रचण्डलाई सकस, केन्द्रीय कमिटी बैठक बस्दै

- Advertisement -

maoist-voncention_20211227003520काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदाधिकारी चयन गर्न आन्तरिक गृहकार्यमा जुटेका छन्। सोमबार बिहानैदेखि उनले आफूनिकट नेताहरुसँग द्विपक्षीय र बहुपक्षीय छलफल जारी राखेका छन्। अध्यक्षमा निर्विकल्प देखिएका प्रचण्डलाई महासचिव छान्न सकस परेको छ। महासचिवका आकांक्षीहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेतले लविङ तीब्र पारेका छन्। पदाधिकारी चयन गर्न केन्द्रीय कमिटीको पहिलो बैठक सोमबार दिउँसो बस्दैछ। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ। सोमबारको बैठकले बाँकी सदस्यको नाम, अध्यक्षसहित पदाधिकारीको चयन टुंगो लगाउने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

माओवादी केन्द्रको आठौं महाधिवेशनमा खुलातर्फ १११ र १२५ समानुपातिकतर्फ गरी अध्यक्ष प्रचण्डले २३६ जना केन्द्रीय कमिटी सदस्यको घोषणा गरेका थिए। विधानबमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ।

- Advertisement -

महासचिवमा प्रचण्डको पहिलो रोजाइ को?
माओवादी केन्द्रमा सहमति जुटाउन सकस, दाहाल परामर्शमा व्यस्त
माओवादी केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार र शीर्ष नेता
माओवादी केन्द्र : २ सय ३६ केन्द्रीय कमिटीको प्रस्ताव पारित
पदाधिकारी चयनबारे प्रचण्डले भने- भोलि टुंगो लाग्छ
माओवादीले छानेका २३६ केन्द्रीय सदस्य कोको हुन् (सूची)
माओवादीले खुला र समावेशी गरी मिश्रित निर्वाचन प्रणालीबाट कमिटी बनाएको हो। निर्वाचन कार्यक्रम पटक–पटक सार्दै प्रचण्डले बन्दसत्रमा नयाँ केन्द्रीय कमिटीको घोषणा गरेका थिए। माओवादीले आठौं महाधिवेशनबाट पार्टीको नयाँ विधान जारी गरेको छ। त्यसअनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय भएको छ।

संशोधित विधान बन्दसत्र अनुमोदन गरेपनि माओवादीले पदाधिकारीको संख्या तोक्न सकेन। पदाधिकारीसहितको विधानमा आवश्यक परिमार्जन गरेर अन्तिम रुप दिने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिइएको छ। योसँगै माओवादीको पदाधिकारी कति हुने हालसम्म अनिश्चित बनेको छ। केन्द्रीय कमिटीले यसअघि १० प्रतिशत मनोनित गर्ने भनिएकोमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्‍याइएको छ।

को-को भए केन्द्रीय सदस्य ?

खुलातर्फ (१११ जना)
नेपबहादुर थारू चौधरी, लक्ष्मणदत्त जोशी, शरदसिंह भण्डारी, खगराज भट्ट, नरेन्द्रबहादुर कुँवर, त्रिलोचन भट्ट, माधव सापकोटा, युवराज चौलागाईं, लेखनाथ दाहाल, शालिकराज जमकट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हेमलाल शर्मा, सन्तकुमार दराई, हितमान शाक्य, कृष्णप्रसाद सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, ईश्वरीप्रसाद भण्डारी, सुनील मानन्धर, हरिबोल गजुरेल, पुष्पकमल दाहाल प्रचण्ड, दिलिप महर्जन, सुदन किँराती, किरणकुमार राई, सुरेश राई, हेमराज भण्डारी, राजेन्द्र कार्की, एकचन्द्र बराल, पदमबहादुर राई, साबित्रीकुमार काफले, सुरेन्द्रकुमार कार्की, युवराज भट्टराई, अजयशंकर नायक, अशोक मण्डल, भरतप्रसाद शाह, प्रकाशहरि पोखरेल, राजु खड्का, योगकुमार यादव, गोपाल ठाकुर, रामकुमार शर्मा, रामेश्वर राय यादव, मातृका यादव, प्रल्लाह कुमार बुढाथोकी, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, गणेश साह, इन्द्रजित थारु, जीवन गौतम, तेजबहादुर ओली, हेमराज शर्मा पोखरेल, गणेशमान पुन, जगप्रसाद शर्मा, वर्षमान पुन, महेश्वरजंग गहतराज, कुलप्रसाद केसी, डोरप्रसाद उपाध्याय, सुबबहादुर रोका, तिलकराम शर्मा, चक्रपाणि खनाल, कृष्णध्वज खड्का, कृष्णबहादुर महरा, बामदेव क्षेत्री, झकबहादुर मल्ल, विन्दमान विष्ट, रामदीप आचार्य, महेन्द्रबहादुर शाही, राजकुमार शर्मा, शक्ति बस्नेत, गजेन्द्र महत, टेकबहादुर बस्नेत, जनार्दन शर्मा, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, युवराज दुलाल, रामप्रसाद सापकोटा, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, लीलामणि पोखरेल, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, डिलाराम आचार्य, झक्कु सुवेदी, सीपबहादुर बस्नेत, कृष्ण केसी, अमरबहादुर गुरुङ तमु, गुप्तबहादुर ठकुरी, खिमलाल देवकोटा, देवेन्द्र पौडेल, हरिबहादुर चुमान, बालकृष्ण गैरे, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद धिताल, देवप्रसाद गुरुङ, श्रीराम ढकाल, सुरेश आलेमगर, हितराज पाण्डे, दिनानाथ शर्मा, पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, यशोदा सुवेदी गुरुङ, परशुराम रम्तेल, महेन्द्र पासवान, गोपी सार्की अछामी, दलजित श्रीपाइली, वीरमान चौधरी, कुमार पौडेल

खसआर्य (३५ जना)
विजय भण्डारी, दुर्गाप्रसाद चापागाईं, अनिल शर्मा, लालबहादुर सोडारी, यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमिल्सिना, कृष्णा शाह, आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गंगाकुमारी बेलवासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्य पहाडी, सविता कार्की, सुशीला सिंखडा, ज्ञानु बस्नेत सुवेदी, लक्ष्मीदेवी न्यौपाने, मञ्जु बम, कुन्ती जोशी, टीका बुढाथोकी, गोमा कुँवर, काली चलाउने, लुम्बिनी गौतम, हरिमाया शर्मा, रुकु चौलागाई

- Advertisement -

दलित (१८ जना)
विष्णुबहादुर विक, यमबहादुर परियार, जगत पार्की, अञ्जना विसंखे, सुशीला श्रीपाइली, सीता बौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी विक, पम्फा बसेल, सुवोध श्रीपाइली, पार्वती विक

मुस्लिम पुरुष (७ महिलासहित १५ जना)
हकिकुल्ला मुसलमान, कौशर शाहा लगायत।

मधेसीतर्फ (७ जना)
जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव, सुरेन्द्र मेहता, बोधमाया कुमारी यादव, सुनिता कुमारी यादव, घनश्याम यादव

आदिवासी जनजाति (४३ जना)
अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, दिपबहादुर योन्जन, दिपेन्द्र पुनमगर, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलीप प्रजापति, छक्कबहादुर लामा, इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर, नवीन जिरेल, अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, तारा घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खम्बु किराँती, पी। घर्ती, लक्ष्मी पुन, मिना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन, माया बल, आर। तामाङ, कमला दोङ, बिना मगर

थारू (१२ जना)
सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी, अमनलाल मोदी, रुपा शशी चौधरी, अन्जना चौधरी, अञ्जु चौधरी, दिपा चौधरी, कृष्णा चौधरी, रामकुमारी चौधरी लगायत।

पिछडिएको क्षेत्र
नरेश भण्डारी, देवकी मल्ल, कुमार पौडेल

अपांगतर्फ
चुडामणि खड्का, चम्पा कार्की (अन्नपूर्ण )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles