24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ — सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । ‘मन्त्रिपरिषद् बैठकबाट पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला छुट्ट्याउने निर्णय भएको छ,’ उनले भनिन् ।

पहिलो चरणमा १७ गते प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वाग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको हो ।

मन्त्री तुम्बाहाङ्फेले उक्त निर्णयलाई सरकार निर्वाचन गराउन दत्तचित्त भएर अगाडि बढेको अर्थमा लिनुपर्ने बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सोही दिन आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन मिति पनि घोषणा गरिएको थियो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भनेर सर्वोच्च अदालतमा १३ निवेदन परेका छन् । ती निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।(कान्तिपुर )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles