पूर्वी नवलपरासीमा ४० घर डुबे

Date:

Share post:

नारायण शर्मा
पूर्वी नवलपरासी — बाढीले पूर्वी नवलपरासीका ४० घर डुबानमा परेका छन् । गैंडाकोट नगरपालिका–२ को बोटे टोलमा रहेका ३५ घर डुबानमा परेपछि स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार नारायणी नदीको बाढी बस्ती पसेपछि स्थानीयलाई सारिएको हो ।
त्यसै गरी कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल डुबेका छन् । त्यहाँ फसेकालाई बुधबार बिहान उद्धार गरिएको र उनीहरूलाई नजिकको स्कुल वा सामुदायिक वनको भवनमा सार्ने तयारी भइरहेको प्रहरीले जानकारी दियो । पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...