पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटालीले जित्यो युरो-२०२० को उपाधि

Date:

Share post:

thumbकाठमाडौँ — इंग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै इटालीले युरो–२०२० को उपाधि जितेको छ । लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल खेल अतिरिक्त समयमा १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा गएको थियो ।इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले पेनाल्टीमा २ वटा प्रहार बचाएका थिए । तर इंग्ल्यान्डका तीन जना खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका थिए । इंग्ल्यान्डका लागि पेनाल्टीमा कप्तान ह्यारी केन र ह्यारी मग्वायरले गोल गरेका थिए ।

तर मार्कस रसफोर्ड, जेडन सान्चो र बुकायो साका पेनाल्टीमा चुकेपछि लामो समयपछि ठूलो प्रतियोगिताको उपाधि जित्ने इंग्ल्यान्डको योजनामा धक्का पुगेको हो । रसफोर्डको प्रहार पोलमा ठोक्किएको थियो भने सान्चो र साकाको प्रहार इटालीका गोलरक्षक डोनारुमाले रोकेका थिए ।

त्यस्तै इटालीका बेलोटी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलरक्षक पिकफोर्डले बचाएका थिए । इटालीका लागि फेडेरिक बेर्नार्डेस्की, बोनुची र बेर्राडीले गोल गरेका थिए ।

यसअघि खेलको दोस्रो मिनेटमै इंग्ल्यान्डले ल्युक शको गोलमा अग्रता लिएको थियो । इटालीका लागि खेलको ६७औं मिनेटमा लिओनार्दो बोनुचीले बराबरी गोल गरेका थिए ।

इटालीले सन् १९६८ पछि पहिलो पटक युरो कपको उपाधि जितेको हो । इंग्ल्यान्डले भने सन् १९६६ मा विश्वकपको उपाधि जितेयता कुनै पनि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।

पेनाल्टीमा स्पेनलाई ४-२ ले हराउँदै इटाली फाइनलमा प्रवेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...