21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

सत्तारुढ गठबन्धनको निर्णय
Ramchandra_Paudel_730143342काठमाडौं : सत्तारुढ गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय निर्वाचनको तयारी तथा अनुगमनका लागि समिति गठन गरेका छन् । मंगलबार बिहान बसेको गठबन्धनको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी तथा अनुगमनका लागि पौडेलको संयोजकत्वमा गठन गरेको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिने भारत भ्रमणबाट भएका उपलब्धिबारे सत्ता साझेदार दललाई ब्रिफिङ गरेका थिए। देउवाले भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुधार भएको दाबी गरेका छन्। बैठकले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ।

बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेललगायतका नेताहरु सहभागी भएका थिए।

यस अगाडि चैत्र १७ गते बसेको गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरमा तालमेलको निर्णयमा गरेको थियो। सत्तारुढ दल गठबन्धन एमालेविरुद्ध मोर्चाबन्दी गरेर अगाडि बढ्ने तयारीमा छन्।(अन्नपूर्ण )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles