24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

प्युठानका माधब शाहीको कुवेतमा निधन

245772377_5077178752298368_3545482164974819059_n
कुवेत गएर आफ्नो परिवार मात्र होईन भबिस्यको लागि केही गरौला भनी कुवेत आएको पत्रकार माधब शाहीको निधन भएको छ । ३६ बर्षिय शाहीको उच्च रक्तचापको कारण आज बिहान मृत्यु भएको बुझिएको छ। प्युठान जिल्ला, एरावति -४ निवासि उनी लामो समयदेखि कुवेतमा रहदै आएका थिए । शाहिको परिवारमा श्रीमती र दुई छोरी रहेका छन ।

प्रवासी परोपकारि पत्रकारितामा सकृय शाही एनआरएनए एनसिसि कुवेतका उपाध्यक्ष , दर्शन ठकुरी समाज कुवेतका सल्लाहकार तथा पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सदस्य रहेका थिए । कुवेतको नेपाली समाजले एउटा दरिलो सामाजिक अभियन्ता गुमाएको छ।नेपाली राजदूतावास कुवेतले प्रारम्भिक जानकारी आईसकेको र जति सक्दो छिटो शव नेपाल पठाउने कार्यमा जुटेको जनाएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles