प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ

Date:

Share post:

१२ फागुन, काठमाडौं । संसद पुनर्स्थापनासँगै दलहरु आन्तरिक रणनीतिमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गर्ने तयारी गरेको छ भने नेकपा प्रचण्ड-माधव नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । यस्तै नेकपा ओली समूहले स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दैछ । सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई संवैधानिक ठहर गर्दै १३ दिनभित्र संसद बैठक आह्वान गर्न आदेश दिएपछि नयाँ सत्ता समीकरणबारे चासो बढेको छ ।

यसैक्रममा नेकपा अध्यक्ष प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गरेका छन् । यद्यपि टेलिफोन सम्वादमा बधाई साटासाट मात्र भएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवा बताउँछन् ।

प्रचण्डले यसअघि नै संसद पुनर्स्थापना भए देउवालाई प्रधानमन्त्री स्वीकार्न आफूलाई कुनै आपत्ती नभएको बताइसकेका छन् । त्यसअघि प्रचण्ड र नेपालले देउवालाई भेटेर केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारीको प्रस्तावसमेत गरेका थिए । त्यसैले प्रचण्ड र देउवाबीच अहिले भएको वार्तालाई चासोका साथ हेरिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्ने अभिव्यक्ति दिएका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतसँग छलफल गरी समझदारीका साथ अघि बढ्ने प्रचण्डको भनाइ छ ।

प्रचण्डले बीबीसी नेपाली सेवासँग भनेका छन्, ‘राष्ट्रिय सहमति बनाउनेतिर मेरो जोड हुन्छ । राष्ट्रिय सहमतिबाट अगाडि नगइकन यो देशले शान्ति, स्थीरता र प्रगति नपाउने देखिइसक्यो । सबै राजनीतिक दलहरुको सहमतिबाट जे हुन्छ, त्यही हुन्छ ।’ उनले आफूले भने प्रधानमन्त्रीमा दाबी नगर्ने बताए ।

चितवनबाट आज काठमाडौं फर्किएलगत्तै दलहरुसँग राष्ट्रिय सहमति बनाउनका लागि छलफल चलाउने प्रचण्डको भनाइ छ । नेकपाको अर्को खेमाको नेतृत्व गरेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत छलफल गर्ने प्रचण्डले बताए । यद्यपि ओलीसँग पार्टी एकता भने नहुने प्रचण्डको भनाइ छ ।(अन्लाईनखबर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...