प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ सुरु

Date:

Share post:

20180501004436_Suprme-Court-5aa72cb5d0afe0.87188127काठमाडौँ — प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ सुरु भएको छ । कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत १४६ सांसदले दायर गरेको निवेदनमाथि सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । सुरुमा निवेदनका पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट अधिवक्ता खम्बबहादुर खातीले बहस गरिरहेका छन् । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहसको तयारीमा रहेका दुवै पक्षका अधिवक्ताहरूलाई समयसीमाबारे स्मरण गराए ।उनले उक्त मुद्दामा सुनुवाइका लागि १५ घण्टाभन्दा १ मिनेट पनि बढी दिन नसक्ने जनाए । ‘निवेदकका लागि हामीले अहिले १२ घण्टा राखिदिन्छौं,’ उनले भने, ‘कसले कति घण्टा बहस गर्ने हो, आफू छुट्याउनुहोला ।’

अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सहमति हुन नसके दुवै पक्षलाई आधाआधा समय छुट्ट्याउने बताए । ‘सहमति नभए सरकारी पक्षका लागि साढे ७ घण्टा र अन्य विपक्षीका कानुन व्यवसायीका लागि साढे ७ घण्टा छुट्ट्याउँछौं,’ उनले भने ।

बिहीबारसम्म दुवै पक्षका कानुन व्यवसायीले बहसनोट पेस गरिसक्नुपर्नेछ । सर्वोच्च अदालतले गत जेठ २६ गते नै समयसीमा तोकेर त्यसैको हदभित्र दुवै पक्षका कानुन व्यवसायीलाई बहस गर्न आदेश दिएको छ । विघटन गलत हो भनी मुद्दा हालेका देउवासहित १४६ सांसदका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले १२ घण्टा समय पाउनेछन् । दैनिक चार घण्टा सुनुवाइ हुँदा तीन दिनमा उनीहरूको बहस सकिनेछ ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...