24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : संवैधानिक इजलास बस्दै, आज आउला त फैसला ?

20180501004436_Suprme-Court-5aa72cb5d0afe0.87188127काठमाडौं : यसअघि २१ असारमा हेर्दाहेर्दैमा राखेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको अन्तिम फैसला गर्न संवैधानिक इजलास बस्दैछ। यसअघि प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस सकिसकेकाले सम्भवत: आजै फैसला आउने छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम दिन (२१ असारमा) रिट निवेदकका तर्फबाट प्रत्युत्तर बहससँगै एमिकस क्युरीका तर्फबाट राय आएपछि बहस सकिएको थियो। रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन गरिएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए। रिट निवेदकका ३६ कानुन व्यवसायीले सुरुमा बहस गरेका थिए। विपक्षीका तर्फबाट महान्यायाधिवक्तासहित ११ जना सरकारी वकिलले बहस गरे। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट २१ र
सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट ५ कानुन व्यवसायीले बहस गरेका थिए। रिट निवेदकका तर्फबाट चार वरिष्ठ अधिवक्ताले प्रत्युत्तर बहस गरेका थिए। एमिकस क्युरीका तर्फबाट नेपाल बार एसोसिएसनबाट दुई र सर्वोच्च बार एसोसिएसनबाट दुईजनाले बहस गरेका थिए। अदालतको साथी मानिएको (एमिकस क्युरी) को राय बाझिएको छ।

दुई जना रिट निवेदनको पक्ष र दुई जनाले विपक्षमा राय दिएका थिए। वरिष्ठ अधिवक्ताद्वय उषा मल्ल पाठक र प्रकाशबहादुर केसीले प्रतिनिधिसभा विघटनको
निर्णय उचित भएको बताएका थिए भने वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र कोमलप्रकाश घिमिरेले रिट निवेदनको माग सही भएको राय दिएका थिए। (अन्नपूर्ण )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles