प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगियो

Date:

Share post:

स्वरूप आचार्य, अतुल मिश्र
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार मिर्गौला प्रत्यारोपण गर्नका लागि शल्यक्रिया कक्षमा लगिएको छ । उनको शल्यक्रिया अवधी करिब ५ घण्टाको रहने छ । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले उनलाई १० बजेपछि शल्यक्रिया कक्षमा लगिएको जानकारी दिएका छन्। यस्तै त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाकाले पनि प्रधानमन्त्रीलाई १० बजे शल्यक्रियाका लागि लगिएको पुष्टि गरेका छन् ।
प्रधानमन्त्री ओली प्रत्यारोपण पूर्व मंगलबार ‘डायलसिस’ गरिएको थियो भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको थियो। शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको थियो। यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका थिए।

ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत हुनेछन् ।

सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालबाट गत भदौमा सात पटक प्लाज्मा फेरेसिस गराएर फर्केपछि समेत मिर्गौलाले राम्ररी काम नगर्दा प्रधानमन्त्री ओली नियमित डायलसिसमा थिए ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...