प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्: बार अध्यक्ष श्रेष्ठ

Date:

Share post:

thumbकाठमाडौँ — नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । उनले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप लगाए ।
‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलासबाट न्याय पाउन सक्दैनौँ,’ अध्यक्ष श्रेष्ठले भने,‘ प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन ।’

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले राजीनामा र महाभियोगका लागि पर्याप्त आधार तयार भइसकेको बताए । उनले प्रधानन्यायाधीशको अभिव्यक्तिले न्यायालयको चीरहरण भएको बताए । ‘अब १९ जनाले न्यायाधीशले इन्क्वाइरी कमिटी बनाउनुहोस्,’ उनले भने ।अहिले न्यायाधीशहरू पनि आन्दोलनरत भएकाले के आधारमा आन्दोलनमा लागेको हो त्यसका सबै कारणहरू अब सार्वजनिक गर्नुपर्ने उनले बताए । न्यायालयमा यस्तो हुँदा पनि सत्तागठबन्धन मौन बसेकोमा अब प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनविरुद्ध पनि आवाज उठाउनुपर्ने उनले बताए ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...