प्रेस विज्ञप्ती

Date:

Share post:

1 Aug.2020 बागमती प्रदेश सभा सदस्य कुसुमकुमार कार्कीले बूढानीलकण्ठ १० मा योग प्रेमी परिवार नेपाल केन्द्रको कार्यालय उद्घाटन गरेका छन्। योग प्रेमी परिवार नेपालले योग जागरणको क्षेत्रमा कोभिड १९ को कारण भौतिक दुरी राख्नु पर्ने, सो महामारीको कारण भय र त्रासले मन मस्तिष्कमा पारी रहेको प्रभावलाई न्यूनिकरणका लागि प्रविधिको सहयोग लिँदै मनोविज्ञ, चिकित्सक, विभिन्न जिवनोपयोगि विषयहरुको विज्ञहरुलाई ६५ दिन अगाडी देखि निरन्तर आमन्त्रण गर्दै जुम अनलाईन, फेसवुक लाइव तथा यूट्युव मार्फ़त  चेतना र ज्ञान अभिवृद्धिको लागि निरन्तर लागेको देखिन्छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा योग साधना सिविर संचालन गर्दै आएको योग प्रेमी परिवार नेपालका केन्द्रिय अध्यक्ष खेटराज मैनालीले अध्यक्षता गरेको कार्यक्रममा बागमती प्रदेश काठमाडौं ४ का प्रदेश सभा सदस्य कुसुम कुमार कार्की प्रमुख अतिथि, बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई विशेष अतिथि, सो संस्थाका सल्लाहकार डा. हरिप्रसाद पोखरेल मानसाग्नी, योग प्रशिक्षक भानुभक्त दहाल, समाजसेवी रवि प्रसाद पौडेल, हेमा अधिकारी, खडानन्द लुइँटेल, नारायण प्रसाद पौडेल, हिमालयन प्राकृतिक चिकित्सालयका डा.यञ्जन गैरै लगायत अतिथिका रूपमा उपस्थित रहेका थिए।
कार्यक्रम संस्थाका महासचिव भिम आचार्यले संचालन गरेका थिए भने उपाध्यक्ष उद्दव दाहालले उपस्थित अतिथिलाई स्वागत गर्दै मन्तव्य राखेका थिए।
यसै कार्यक्रममा योगको स्टुडियो र कार्यालय सञ्चालनका लागि उक्त सँस्थाका अध्यक्षले आफ्नो निवासको दुई कोठा सँस्थालाई निःशूल्क उपलब्ध गराएको जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...