फुटेर होइन, जुटेर काम गरौँ : प्रधानमन्त्री कोइराला

Date:

Share post:

१५ चैत, नेपालगन्ज । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकको आर्थिक विकासका लागि लगानीको वातावरण निर्माणमा सबै पक्ष जुट्नुपर्नेमा जोड दिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले शनिवार नेपालगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले वर्तमान सरकारको प्राथमिकता संविधान निर्माण भए पनि आर्थिक विकासलाई पनि सँगै अगाडि बढाउनु पर्नेमा जोड दिएका हुन् ।
मुलुकको शान्ति र अमनचैनलाई खलल पुर्‍याउने काम कतैबाट भएन भने विकासको पूर्वाधार निर्माणमा मुलुकले चाँडै ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्दै उनले अब फुटेर होइन जुटेर काम गर्ने समय आएको बताए ।
कोइरालाले भने- ‘संविधान निर्माणका लागि नमिलेका कुरा दलीय सहमतिमा मिलाइने छ, सहमति भएन भने प्रक्रियामा लगेर पारित हुन्छ, तर संविधान निर्माणको गतिलाई कसैले रोक्न सक्दैन ।’
उद्योग व्यवसायलाई मुलुकभरि विस्तार गर्न आवश्यक पूर्वाधार निर्माणका लागि सरकार गम्भीर रहेको बताउँदै उनले जलस्रोतको अधिकतम उपयोगबाट मुलुकलाई समुन्नत राष्ट्र बनाउन सबै क्षेत्रबाट सरकारलाई सहयोग हुनुपर्नेमा पनि जोड दिए । रासस
– See more at: http://www.onlinekhabar.com/2014/03/182201/#sthash.dOO0jDQQ.dpuf

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...