बसको ठक्करले देउसी खेल्न हिँडेका दुईको मृत्यु, आठ जना घाइते

Date:

Share post:

प्रताप विष्ट
thumbहेटौंडा — बसको ठक्करबाट शनिबार राति देउसीभैलो खेल्न हिँडेका दुई युवकको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी नजिक बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको मृत्यु भएको हो । घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र तीन जनाको भरतपुरमा उपचार भइरहेको छ । बसले ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका थिए ।
बसमा लागेको आगो निभाउन गएको दमकललाई समेत स्थानीयले तोडफोड गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालसमेत घाइते भएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

आगजनीबाट बस जलेर पूर्णरूपमा नष्ट भएको छ । स्थानीयको तोडफोडबाट हेटौंडा उपमहानगरपालिकाको दमकलमा समेत क्षति पुगेको छ । ठक्कर दिने बस चालक फरार भएका छन् ।

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...