बाइडनको शपथग्रहण अगाडि सशस्त्र प्रदर्शनको आशंका, अमेरिकाभर उच्च सतर्कता अपनाइयो

Date:

Share post:

४ माघ, काठमाडौं । डेमोक्रेट नेता जो बाइडनले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नुअघि हिंसा फैलिन सक्ने भन्दै अमेरिकाका सबै ५० राज्यमा उच्च सतर्कता अपनाइएको छ । रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले यही जनवरी २० (माघ ७ गते) शपथ ग्रहण गर्दैछन् ।

६ जनवरीमा अमेरिकी संसद क्यापिटल हिलमा जस्तै हिंसा ट्रम्पका समर्थकहरुले फैलाउन सक्ने आशंकामा देशभर सुरक्षा सतर्कता अपनाइएको बीबीसीले जनाएको छ । एफबीआईले सबै ५० राज्यका राजधानीमा ट्रम्प समर्थक प्रदर्शनकारीहरुले सशस्त्र मार्च गर्न सक्ने चेतावनी जारी गरेको छ ।

देशभरबाट नेशनल गार्डको टोलीलाई राजधानी वाशिङ्टन डिसीमा पठाइएको छ । डिसीमा नेशनल मलहरुलाई बन्द गरिएको छ भने कडा सुरक्षाका बीच राजधानीका सडकमा बारहरु लगाइएको छ ।

बाइडन पक्षले अमेरिकीहरुलाई कोरोना संक्रमणबाट जोडिन राजधानीको यात्रा नगर्न भनेको छ । यसैगरी स्थानीय अधिकारीहरुले बाइडनको शपथ ग्रहण समारोह आ-आफ्नो घरमै बसेर हेर्न अपील गरेका छन् ।

मेरिल्याण्ड, न्यू मेक्सिको, युटा लगायतका राज्यमा सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गरी पहिलेदेखि नै आपतकालको स्थिति घोषणा गरिएको छ । क्यालिफोर्निया, पेन्सलभेनिया, मिशिगन, भर्जिनिया, वाशिङ्टन र विस्कोन्सिन राज्यहरुले आफ्ना नेशनल गार्डस्लाई सक्रिय बनाएका छन् ।(अन्लाईनखबर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...