बाइडेनले कोरोनाविरुद्धको खोप लगाए

Date:

Share post:

 अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । समाचार स‌ंस्था रोयटर्सका अनुसार बाइडेनले डेलावारको न्युवार्कस्थित एक अस्पतालमा गएर सोमबार कोरोना खोप लगाएका हुन् । उनले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोप लगाएका हुन् । अमेरिकामा यसअघि नै फाइजरको खोप लगाउन सुरु गरिसकिएको छ । बाइडेनले खोप सुरक्षित रहेको सन्देश दिन खोप लगाउने निर्णयमा पुगेको जनाए । बाइडेनले सामाजिक सञ्जालमार्फत आफूले कोरोना खोप लगाएको जानकारी दिँदै लगातारको मेहनतपछि खोप निर्माण गर्ने वैज्ञानिक र अनुसन्धानकर्मीलाई समेत धन्यवाद दिएका छन् । साथै उनले अमेरिकी नागरिकलाई चिन्ता नलिन आग्रह गर्दै कोरोना खोप उपलब्ध भएपछि लगाउन पनि अनुरोध गरेका छन् ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाका कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा हालसम्म ३ लाख १९ हजार जनाभन्दा बढीको भाइरसका कारण मृत्यु भइसकेको छ ।

अमेरिकाका उपराष्ट्रपति माइक पेन्स, सभामखु नान्सी पेलोसी, सिनेटमा रिपब्लिकन नेता मिच म्याककोनेललगायतले गत शुक्रबार खोप लगाएका थिए । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान्ले भने अर्को साता खोप लगाउने जनाइएको छ ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...