बागलुङमा जिप दुर्घटना : १४ को मृत्यु, १० जनाको सनाखत [अपडेट]

Date:

Share post:

प्रकाश बराल
(बागलुङ) — बडीगाड गाउँपालिका ७ भिमगिठे नजिकै यात्रुबाहक जिप खस्दा मृत्यु भएका १४ जनामध्ये १० जनाको पहिचान भएको छ । ग १ ख ४२१९ नम्बरको जिप गुल्मी ईश्माबाट बागलुङको बुर्तिवाङ हुँदै निसीखोलाको देवीस्थानतर्फ जाँदै गर्दा खोलामा खसेको प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए । जिप मंगलबार बिहान मध्यपहाडी लोकमार्गको भिमगिठे नजिकैको भीरबाट बडीगाड खोलामा खसेको हो । जिपमा १८ जना सवार थिए ।

बढी भार र तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जिपका सवार सबै देवीस्थानमा कुलपूजामा जान लागेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङ, प्रहरी चौकी भिमगिठेका प्रहरी र स्थानीयले उद्धार जारी राखेका छन् । उद्धार गरिएकामध्ये ३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।

मृतकका नामावली
गुल्मी इश्मा गाउँपालिका ४ का बसुन्धरा कार्की, सिता कार्की, माया थापा, भवी कार्की, भूमा कार्की, धनबहादुर कार्की, मिना बस्नेत
गुल्मी इश्मा गाउँपालिका ५ का रेशम थापा

त्यस्तै नवलपरासी जिल्ला बर्दघाट नगरपालिका २ की भूमा कार्की र बागलुङकै बडीगाड गाउँपालिका ७ की नरमाया खत्री छन् ।
४ जनाको सनाखत हुन बाँकी छ ।

घाइते हुनेहरुमा
बर्दघाट २ का १८ वर्षीय जीवन कार्की, इश्माका ८ वर्षीय हिमाल कार्की र २४ वर्षीय रेशमा कार्की छन् । बडीगाड खोलाले बगाएर १५ वर्षका धनबहादुर कार्की बेपत्ता भएको प्रहरीले बतायो ।

…………

जिल्लामा यात्रुबाहक जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ घाइते भएका छन् । १ जना बेपत्ता छन् । घाइते र मृतकको पहिचान भएको छैन ।

ग १ ख ४२१९ नम्बरको जीप गुल्मीको ईश्माबाट बागलुङको बुर्तिवाङतर्फ जाँदै गर्दा खोलामा खसेको प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए। जीप मंगलबार बिहान मध्यपहाडी लोकमार्गको भिमगिठे नजिकैको भीरबाट बडिगाड खोलामा खसेको हो। जिपमा १८ जना सवार थिए।

बढी भार र तीव्रगतिले दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। उक्त घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय बुर्तिवाङ, प्रहरी चौकी भिमगिठेका प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्।(कान्तिपुर )https://youtu.be/HRmLGLpfAWo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...