बाढी पहिरोको बबन्डर : ३१ जनाको मृत्यु, १७ घाइते, ४३ बेपत्ता

Date:

Share post:

badhi-kailali_20211019051231काठमाडौं : पछिल्लो समयमा आएको बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार ४०० जना विस्तापित भएका छन् । मन्त्रालयका अनुसार बुधबार बिहान सम्ममा ३१ जनाको मृत्यु, १७ जना घाइते र ४३ जना बेपत्ता भएका छन्। प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। लगातार वर्षासँगै आएको पहिरोले घर पुरिँदा मंगलबार राती चौविसै गाउँपालिका-१ गढिरेमा पहिरोले घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। पहिरोले घर पुरिँदा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय नाति विनोद श्रेष्ठ, ५ वर्षीयाकी नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का ३९ वर्षीय संजीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दिपक कुमार रायाले जानकारी दिए।

मनसुन बाहिरिनु अगाडि यस वर्ष मनसुनजन्य घटनाबाट मुलुकभर गरेर १३६ व्यक्तिको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन्।

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। बुधबार प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।(अन्नपूर्ण )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...