24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

बालुवाटारमा सत्तारुढ दलहरु आकस्मिक बैठकमा व्यस्त

प्रधानमन्त्रीको सम्बोधन आउने 
७ मंसिर, काठमाडौ । एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाको आकस्मिकबैठक बालुवाटारमा शुरु भएको छ । आजै दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमै सरकारी गठबन्धन मोर्चाको समेत बैठक डाकिएको बालुवाटारस्रोतले बताएको छ ।सत्तारुढ दलहरु सघन छलफलमा जुटेपछि प्रधानमन्त्री डा. बाबुारम भट्टराईको राजीनामा आउन लागेको हल्ला सामाजिक सञ्जालमा छाएको छ ।
तर, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्री राजीनामा नभएर राष्ट्रका सम्बोधनचाँहि आउने सम्भावना छ । ‘प्रमले राजीनामा दिनुहुन्न, आज चुनाव घोषणा गरिएको दिन परेको र बाह्रबुँदे भएको ऐतिहासिक दिन भएकाले प्रधानमन्त्रीको सम्बोधन चाँहि आउन सक्छ ।’ आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले विपक्षीहरुलाई सरकारमा आउन आह्वान गर्ने सम्भावना रहेको पनि पौडेलले बताउनुभयो ।
प्रमको त्यसैगरी सहकारी मन्त्री एकनाथ ढकालले पनि प्रधानमन्त्रीले राजीनामा नदिने तर, सम्बोधन आउनसक्ने बताउनुएको छ ।सल्लाहकार पौडेलका अनुसार राष्ट्रपतिले बजेटको वातावरण बनाएकाले अब सरकारले बैसाखमा चुनावका लागि आवश्यक वातावरण बनाउने छ र यसका लागिविपक्षी दलहरुलाई मिलाएर सर्वसदलीय सरकार गठनको आह्वान गरिने छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles