
कुवेत स्थित मङ्गाफ मेमोरिस हलमा १७ सेप्टेम्वर २०२१ शुक्रवारको दिन पाचौं अधिवेशन तथा विस्वकर्मा पूजा कार्यक्रम सम्पन्न भएको हो । बिस्वकर्मा एकता समाज नेपाल कुवेतका अध्यक्ष गम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कुवेतका अध्यक्ष रनध्वज लामा प्रमुख अतिथि रहेका थिए । त्यसैगरी विभिन्न सङ्घ सस्थाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधिहरु अतिथि रहेका कार्यक्रममा समाजका सचिव रोल बहादुर बिस्वकर्मा पुजारी रहेका थिए भने संरक्षक जीवन सुनारले कार्यक्रम सचालन गरेका थिए ।
प्रवासमा कार्यव्यस्तताको बाबजूद पनि बिस्वकर्मा बाबाको पूजा आराधनाको लागि कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।
सभार:manakamanamedia