
काठमाडौं । बेलायतका प्रधानमन्त्री सुनकलाई नेपालको जर्सी उपहार दिइएको छ ।नेपाल र बेलायतबीचको सन् १९२३ को मैत्री सन्धिको शताब्दी मनाउन आयोजना गरिएको कार्यक्रममा बेलायतका प्रधानमन्त्री सुनकलाई चर्चित अभिनेत्री मनिषा कोइरालाले जर्सी उपहार हस्तान्तरण गरेकी हुन् ।
सुनकलाई टी-२० विश्वकपमा खेल्ने जर्सी उपहार स्वरुप प्रदान गरिएको हो । जर्सी उपहार पाएसँगै सुनकले खुशी व्यक्त गरेका थिए ।