कुवेत, 17 नोवेम्बर : सेवा नै धर्म, नेपाल गोर्खाकी सबिना तामाङ हाल टिचिङ हस्पिटलमा ब्रेन ट्युमर रोग संग लडिरहेका छन। आफनो घरमा आर्थिक अबस्था अत्यन्तै नाजुक कमजोर भएको ले उपचार गर्नको लागि धेरै खर्च लग्ने भएकोले सहयोग को लागि अपिल गर्नु भएको थियो। सेवा नै धर्म हो भन्दै पीडितलाई उपचारमा मद्दत पुगोस भन्ने उद्देश्यले नेपाल कुवेत सरोकार समाज कुवेतले कुबेतमा पनि सबिना तामाङ को उपचारको लागि अभियान चलाएको थियो। उक्त अभियानमा कुबेतमा बसोबास गर्दै आएका नेपाली दाजु भाई तथा दिदी बहिनी हरुले गरेको आर्थिक सहयोग टोटल संकलित रकम (१,७१००० नेपाली १ लाख ७१ हजार रुपैयाँ पिडित तामाङ को बुवा मिन बहादुर तामाङ लाई एक कार्यक्रमको साथमा हस्तान्तरण गरीयको नेपाल कुवेत सरोकार समाज कुवेतका अध्यक्ष राम तामाङले जानकारी गराएका छन।
उक्त संकलित रकम पाएपछी सबिना तामाङको बुवा ले यस पुण्य कार्यमा सहयोग गरेको भन्दै एकदमै खुशी हर्सको साथ सम्पूर्ण कुबेत बासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लगयत अभियान चलाएको नेपाल कुवेत सरोकार समाज कुवेतको टिम साथै अध्यक्ष राम तामाङ लाई बिशेष धन्यवाद गर्नु भएको थियो । नेपाल कुवेत सरोकार समाज कुवेतले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ ।
यस पुण्य कार्यमा सहयोग गरेर साथ दिनी हुने सम्पुर्ण सहयोगी मनहरुलाइ नेपाल कुवेत सरोकार समाज कुवेतको अध्यक्ष राम तामाङले हार्दिक आभार व्यक्त गरेको छ।