भक्तजनसँग मागेर पशुपतिमा १४१ किलो सुनको जलप लगाइने

Date:

Share post:

१ किलोभन्दा बढी सुन सहयोग गर्न नपाइने
६ फागुन, काठमाडौं । एउटा चर्चित अनि पुरानो गीत छ, ‘पशुपतिमा सुनैको गजुर…।’ गीतमा वर्णित पशुपतिनाथको यो गजुरको लामो इतिहास छ । धार्मिक र ऐतिहासिक महत्त्व बोकेको पशुपतिको गजुरजस्तै शिवलिंगको पिठिकासमेत अब भक्तजनबाट सहयोग मागेर सुनले सिंगारिने भएको छ । तर, पिठिकामा भने सुनको जलपमात्र हुनेछ । पिठिकामा हाल चाँदीको आवरणयुक्त जलहरी मात्रै छ । त्यसलाई हटाएर सुनको जलहरी बनाउन लागिएको हो ।

पशुपतिनाथका शिवलिंग अमूल्य धरोहरका रूपमा रहेकाले त्यसको संरक्षण र संवद्र्धनका निम्ति सुनको जलप लगाउने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसका लागि १ सय ४१ किलो सुन लाग्ने अनुमान कोषको छ । भक्तजनको सहभागितामा हुने जलहरी निर्माणमा २४ क्यारेटको सुन प्रयोग गर्ने काेषाकाे याेजना छ ।

भक्तजनसँग सहयोग आह्वान

कोषले जलहरी योजना सार्वजनिक गर्दै सहयोगका लागि भक्तजनहरूलाई आग्रह गरेको छ । तर दातालाई मनमौजी सहयोग गर्ने सुविधा भने छैन । कोषका अनुसार, इच्छुक व्यक्तिले कम्तीमा १ तोलादेखि बढीमा १ किलोग्रामसम्म सुन वा सो बराबरको रकम सहयोग गर्न सक्नेछन् ।

१ किलोग्राम बढीको सुन वा सो बराबरको रकम कसैले सहयोग गर्न चाहेमा त्यो स्वीकार गर्न नसकिने कोषले जनाएको छ । १ तोलाभन्दा कम सुन वा सोबराबरको रकम सहयोग गर्न चाहनेको हकमा के हुन्छ भन्नेबारे भने कोषले केही खुलाएको छैन ।

इच्छुक व्यक्तिले कोषको विभिन्न ५ वटा बैंकमा रहेका खातामार्फत सहयोग गर्न सक्ने व्यवस्था कोषले मिलाएको छ । कोषका अनुसार इच्छुक भक्तजनले कोषको बैंक खाता रहेको कुमारी, एभरेष्ट, कृषि विकास, एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत सहयोग गर्न सक्नेछन् ।

सुनको जलहरी निर्माण अभियानका लागि गोप्य दानको व्यवस्था पनि कोषले मिलाएको छ । दानबारे जानकारी दिन अनिच्छा गर्न भक्तजनका लागि कोषले यस्तो व्यवस्था गरेको हो । यसका लागि पशुपतिनाथ मन्दिरको प्रांगणभित्र र बाहिर १/१ वटा दानपात्रको व्यवस्था मिलाएको कोषले जनाएको छ ।

यसरी सहयोग गर्ने दाताको नाम कोषले आफ्नो स्मारिकमा प्रकाशित गर्ने जनाएको छ ।(अन्लाईनखबर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...