२२ जेठ, काठमाडौं । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना सुरु भएको छ ।पूर्वनिर्धारित समय अनुसार आज बिहानदेखि मत गणना सुरु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
५४२ सिटका लागि भएको निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् ।निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणले यसपटक पनि भाजपाको एनडीए गठबन्धनले बहुमत हासिल गर्ने देखाएको छ ।